aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

कोभिड प्रभावित व्यवसायीलाई बिनाब्याज ऋण

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • बुधबार, ११ फागुन २०७८
कोभिड प्रभावित व्यवसायीलाई बिनाब्याज ऋण

काठमाडौं । गण्डकी  प्रदेश  सरकारले  कोभिड–१९  को  महामारीका  कारण  प्रभावित  भएका  व्यवसायलाई पुनरुत्थान  गर्न  निब्र्याजी  ऋण  प्रवाह  गरेको  छ । प्रदेश सरकारले  उपलब्ध  गराएको    व्यवसाय  जीवन  रक्षा कार्यक्रमबाट म्याग्दीका १५ व्यवसायीले सुविधा पाएका हुन् ।

प्रदेश   सरकारले   कोभिड   प्रभावित   व्यवसायलाई पुनरुत्थान  गर्न  ल्याएको  व्यवसाय  जीवन  रक्षा  कार्यक्रम रााष्ट्रिय वाणिज्य बैंक बेनी शाखाबाट प्रदान गरिएको बैंकका शाखा प्रबन्धक नवराज ढुंगानाले जनाकारी दिए। उनका अनुसार यस कार्यक्रमअन्तर्गत एक करोड ६३ लाख  रुपियाँ  निब्र्याजी  ऋण  लगानी  गरिएको  छ ।  

हिमाली जिल्ला म्याग्दीका साना व्यवसायी आठ जना, पर्यटन उद्यमी दुई जना, सेवा क्षेत्रका चार जना  र यातायात क्षेत्रका एक जना गरि १५ जनालाई ऋण लगानी गरिएको शाखा प्रबन्धक ढुङ्गानाले बताए ।

प्रतिक्रिया दिनुहोस