aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

चीनले भन्यो, एमसीसी हेर्दा राम्रो, तर चपाउन गाह्रो हुने मासुमा बदलिन सक्ने डर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ फागुन २०७८
चीनले भन्यो, एमसीसी हेर्दा राम्रो, तर चपाउन गाह्रो हुने मासुमा बदलिन सक्ने डर

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीका बारेमा चीनले कडा टिप्पणी गरेको छ ।  चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङलेले एससीसी उपहार नभएर पान्डोराज बक्स जस्तो पासो भएको बताएकी छिन ।

अमेरिकाको नेपालस्थित दूताबासले ५०० मिलियनको एमसीसी अनुदानलाई अमेरिकी जनताको तर्फबाट उपहार भनेको भन्दै उनले चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा भनेकी छन्, ‘उपहार अल्टिमेटमको प्याकेजसहित कहिलेबाट आउन थाल्यो, मलाई आश्चर्य लागेको छ ।

पत्रकार सम्मेलनमा उनले  यो एमसीसी भन्ने प्रोजेक्ट नेपालीले भने जस्तै हेर्दा राम्रो, तर चपाउन गाह्रो मासुमा बदलिन सक्ने डर रहेको समेत बताएकी छिन। अन्तर्राष्ट्रिय विकास सहयोग आपसी सहमति र समानताको सिद्धान्तमा आधारित हुनुपर्ने र सम्बन्धित देशको सम्प्रभुता र त्यहाँका जनताको इच्छाको सम्मान उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  यस्तो सहयोग दिँदा सम्बन्धित देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने समेत उनले बताएकी छिन । 

प्रतिक्रिया दिनुहोस