
काठमाडौं । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी)को बिषयमा छलफल हुने भएको छ । यसअघि नै संसदमा एमसीसी टेबुल भइसकेको छ । संसद सचिवालयले हिजो सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसीमा छलफल हुने प्रस्ताव राखेको छ ।
सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई आज अनिवार्य उपस्थितिका लागि निर्देशन समेत दिएको छ ।
सत्तामा रहेका दल र प्रतिपक्षमा रहेका दलबीच एमसीसी पारित गर्ने बिषयमा अझै सहमत हुन सकेको छैन् । एमसीसीको बिषयमा सत्तापक्ष नेपाली काँग्रेस पास गरेरै छाड्ने पक्षमा देखिएको छ । तर, सत्तापक्षकै अन्य दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दलले भने एमसीसी संसदमा टेबुल हुन दिएपनि पास हुन भने नदिने जनाएका छन् ।
एमसीसीका बिषयमा नेकपा एमालेले भने अझैसम्म खुुलेर समर्थन वा विरोध गर्ने भन्ने बारेमा निर्णय गरिसकेको छैन।
प्रतिक्रिया दिनुहोस