
एजेन्सी । बुधबार प्रमुख क्रिप्टोकरेन्सीको मूल्यमा ठूलो उछाल आएको छ । बिटक्वाइन साँझ ४.३० बजे २.४६ प्रतिशत बढेर ४९.०७२ लाख रुपैयाँमा कारोबार भइरहेको थियो । यस अवधिमा यसको मूल्य ११६.८ हजार रुपैयाँभन्दा बढीले बढेको छ । इथेरिमकोे मूल्य पछिल्लो २४ घण्टामा ३.७१ प्रतिशतले वृद्धि भएको छ । १२,२५४.४ रुपैयाँले बढेर ३.४२४ लाख पुगेको छ ।
प्रतिक्रिया दिनुहोस