
एजेन्सी । युक्रेन र रुसमा देखिएको लामो समयदेखिको विवाद अब लडाइमा परिणत भएको छ । बिहीबार बिहान ८ः३० बजे युक्रेनमा आक्रमण शुरु भएको छ । मिसाइल आक्रमणमा ८ युक्रेनी नागरिक मारिएका छन् । अर्कोतर्फ युक्रेनले ६ रुसी लडाकु विमान खसालेको दाबी गरेका छन । युक्रेनका धेरै गाउँहरू रुसी सेनाले आफ्नो कब्जामा लिएको बताइएको छ । यहाँ श्रृंखलाबद्ध विस्फोटहरू भइरहेका छन्। यसैबीच बेलारुस सीमाबाट रुसले पनि आक्रमण गरेको थियो ।
रुसले अहिले युक्रेनलाई तीन तर्फबाट आक्रमण गरिरहेको छ । अर्कोतर्फ, नाटोले पनि अब रुसविरुद्ध सैन्य कारबाही गर्ने तयारी गरिरहेको छ । रुसी राष्ट्रपतिले आक्रमण गरेको स्वीकार गरिरहँदा उनको सेनाले अहिलेसम्म युक्रेनमा आक्रमण नगरेको बताएका छन् ।
यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रिय टेलिभिजनमा आक्रमणको घोषणा गरेका थिए । उनले रुस र युक्रेनबीच कसैले हस्तक्षेप गरे नतिजा निकै नराम्रो हुने धम्की दिएका छन् । उनको इशारा अमेरिकी र नेटो सेनातर्फ थियो ।
यो बयानको ५ मिनेट भित्र युक्रेनको राजधानी किभ लगायतका विभिन्न प्रान्तमा १२ वटा विस्फोट भएको थियो । राजधानी कीभमा पनि मिसाइल आक्रमण भएको थियो । त्यहाँ विमानस्थल बन्द रहेको छ । युक्रेनले पनि आक्रमणको जवाफ दिँदै रुसी विमानहरू खसालेको दावी गरेको छ । युक्रेनले यो आक्रमणको जवाफ दिने र यो युद्ध जित्ने बताएको छ । यो समय हो जब सम्पूर्ण विश्वले जवाफ दिनुपर्छ र रुसलाई रोक्नु पर्छ ।
युक्रेनले रुस, बेलारुस र क्रिमियाको सिमानाबाट हामीमाथि तीन तर्फबाट आक्रमण भएको बताएको छ । लुहान्स्क, खार्किभ, चेर्निभ, सुमी र जाटोमिर प्रान्तमा आक्रमण जारी छ । युक्रेन विवादमा रुस फेरि एकपटक चीनसँग उभिएको देखिएको छ । चीनको विदेश मन्त्रालयले बिहीबार भनेको छ, ‘अमेरिका र पश्चिमी देशहरूले रुसमाथि लगाएका प्रतिबन्धहरू अर्थहीन छन् । किनभने त्यस्ता कार्यहरूले विवाद समाधान गर्नुको सट्टा थप उग्र रूपमा मात्र पुग्छ ।’
समाचार एजेन्सी रोयटर्सका अनुसार युक्रेनी सेनाले लुहान्स्कमा पाँच रुसी विमान र एउटा हेलिकप्टर खसालेको दाबी गरेको छ । युक्रेनले भन्यो– ‘हामीमाथि रुस, बेलारुस र क्रिमिया सीमाबाट तीन तर्फबाट आक्रमण भएको छ । लुहान्स्क, खार्किभ, चेर्निभ, सुमी र जाटोमिर क्षेत्रमा आक्रमण जारी छ ।’
रुसविरुद्ध संयुक्त राष्ट्रसंघमा निर्णय हुन सक्ने अनुमान गरिएको छ । पुटिनले संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकको बीचमा यो घोषणा गरेका हुन् । रुस–युक्रेन तनावमा मात्रै यो बैठक चलिरहेको छ । अब रुसमाथि कडा कारबाही गर्ने निर्णय हुनसक्छ । अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सीका पूर्व निर्देशक डेभिड पेट्रायसले पुटिनले नेटोलाई शीतयुद्धको अन्त्यपछिको सबैभन्दा ठूलो उपहार दिएको बताएका छन् । यस धम्कीको कारण, नाटो पुनः एकजुट भएको जनाइएको छ ।
रुसी आक्रमणपछि युक्रेनको संसदले राष्ट्रिय संकटकाल घोषणा गरेको छ । संकटकाल घोषणासँगै युक्रेनले आफ्ना ३० लाख जनतालाई तत्काल रुस छोड्न भनेको छ । रुसले बुधबार युक्रेनी बैंक र रक्षा, विदेश, आन्तरिक सुरक्षा जस्ता महत्वपूर्ण वेबसाइटहरूमा साइबर आक्रमण गरेको थियो । उपप्रधानमन्त्री फेदोरोभले रुसले उचित जवाफ दिने बताए ।
प्रतिक्रिया दिनुहोस