
काठमाडौं । यातायात व्यवस्था विभागले ल्याउने भनिएको मास प्रिन्टर चार–पाँच दिन भित्रै आइपुग्ने भएको छ । स्मार्ट कार्ड छपाइ र उपलब्ध सहजताको लागि मास प्रिन्टर ल्याउन लागिएको हो ।
माक्स प्रिन्टर मद्राश सेक्युरिटी प्रिन्टरबाट ल्याउन लागिएको यातायात व्यवस्था विभागका सुचना अधिकारी तीर्थ राज खनालले बताए । उनले भने ‘मास प्रिन्टर ल्याउनको लागि सम्पूर्ण जिम्मा विदेशी ठेकेदारलाई दिएका छौ, लगभग चार–पाँच दिनमा नेपाल आइपुग्ने भएको छ त्यसपछि सोही प्रिन्टरबाट काम गर्ने भएका छौ ।’
मागअनुसारको आपूर्ति हुन नसकेकाले स्मार्ट कार्ड वितरण गर्न मुस्किल देखिएको छ । हाल यातायात व्यवस्था विभागमा ६ वटा साना प्रिन्टर भएको र ति प्रिन्टरले दैनिक २५ सय मात्र स्मार्ट कार्ड छापिरहेको छ । लाइसेन्स नवीकरण र नयाँ आउने सबैलाई स्मार्ट कार्ड वितरण गर्नु पर्ने भएकोले विभागका लागि चुनौती भएको छ ।
विभागका महानिर्देशक कुमार प्रसाद दहाल स्मार्ट कार्ड नेपालका लागि नयाँ प्रविधि भएकाले माग अनुसार छापेर वितरण गर्न नसकेको स्वीकार्छन् । तर अब आउने नयाँ प्रिन्टरले एक बर्षसम्म स्मार्ट कार्डका लागि कुर्नु नपर्ने बताए । मास प्रिन्टरले दैनिक १० हजार बराबरको स्मार्ट कार्ड छाप्ने बताए ।
दैनिक ५ हजार देखि १० हजारसम्म स्मार्ट कार्ड चालक अनुमति पत्र लिने आउने गरेको तर त्यो कार्ड लिन एक बर्ष कुर्नु पर्ने बाध्यता भएको छ । त्यस बाध्यतालाई अब हामी ५ महिना पछि एक दिनमै स्मार्ट कार्ड सेवा ग्राहीको हातमा दिने व्यवस्था विभागले गर्ने महानिर्देशकले बताए ।
यातायात व्यवस्था विभागले २०७२ साल मंसिर २० गतेदेखि स्मार्ट कार्डको दरखास्त लिन सुरु गरे पनि पुष ३ गतेदेखि मात्र वितरण गर्न थालिएको थियो ।
प्रतिक्रिया दिनुहोस