aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

अमेरिकाले भियतनामबाट पाठ सिकेनः पाकिस्तानी राष्ट्रपति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ फागुन २०७८
अमेरिकाले भियतनामबाट पाठ सिकेनः पाकिस्तानी राष्ट्रपति

इस्लामावाद । पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले संयुक्त राज्य अमेरिकाले विगतबाट पाठ नसिकेको र अर्को जालमा फसेको भन्दै आश्चर्य व्यक्त गरेका छन । अल्वीले ‘दक्षिण एशियाः उदीयमान अवसर र चुनौती’ विषयक सम्मेलनको सत्रमा बोल्दै यस्तो टिप्पणी गरेका हुन । मलाई विश्वास थियो कि अमेरिकाले भियतनाम युद्धबाट पाठ सिकेको छ र अर्को जालमा फस्ने छैन, अल्वीले भने ।

राष्ट्रपति अल्वीको यो टिप्पणी जारी युक्रेन द्वन्द्वको बीचमा आएको हो । केही समय अघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मस्को भ्रमण गरेका थिए । यद्यपि विश्लेषकहरूले यो भ्रमणलाई असान्दर्भिक र मूर्खतापूर्ण भनेका छन्। एएनआई

प्रतिक्रिया दिनुहोस