aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

शीर्ष कमाण्डरको हत्या गरेको युक्रेनको दाबी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ फागुन २०७८
शीर्ष कमाण्डरको हत्या गरेको युक्रेनको दाबी

युक्रेन । युक्रेनमा रुसको आक्रमण लगातार चौथो दिन पनि जारी छ । युक्रेनले किभ बाहिर रुसी सेनालाई कडा लडाइ दिएको छ । युक्रेनले रुसको तर्फबाट लडिरहेका चेचेन स्पेशल फोर्सका शीर्ष जनरलको हत्या गरेको दावी गरेको हो । युक्रेनको स्थानीय सञ्चारमाध्यमका अनुसार सामी ओब्लास्टको ओख्तिरकामा रुसी आक्रमणमा सात वर्षीया बालिकासहित छ जना सर्वसाधारणको समेत मृत्यु भएको छ ।

युक्रेनी सेनाले राजधानी किभसहित तीनवटा महत्वपूर्ण सहरमा पछिल्लो २४ घण्टादेखि रुसी सेनासँग प्रत्यक्ष प्रतिस्पर्धा गरिरहेको छ । अर्कोतर्फ, रुसी सेनाले खार्किभमा ग्यास पाइपलाइन विस्फोट गराएको छ । सोही क्रममा बार्सिलकिभमा गोली चल्दा पेट्रोलियम बेसमा आगलागी भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस