aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

डिस्कभरीको ‘म्यान भर्सेस वाइल्ड’मा भारतीय प्रम नरेन्द्र मोदी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ साउन २०७६
डिस्कभरीको ‘म्यान भर्सेस वाइल्ड’मा भारतीय प्रम नरेन्द्र मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी डिस्कभरी च्यानलबाट प्रशारण हुने कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’मा देखिने भएका छन् ।  

कार्यक्रमका प्रस्तोला बियर ग्रिल्सले सोमबार एक ट्वीट गर्दै मोदीसँगको यात्रा आउँदो अगष्ट १२ गते प्रशारण हुने बताएका छन् । उनले मोदीसँगको कार्यक्रमको प्रोमो पनि राखेका छन् । मोदीसँगको एपिसोड भारतको उत्तरखाण्डमा रहेको जिम कोर्बेट राष्ट्रिय निकुञ्जमा छायांकन गरिएको हो।

मोदीसँगको एपिसोडमा वन्यजन्तु संरक्षण र वातवरणीय परिवर्तन सम्बन्धिका मुद्दाहरुलाई समावेश गरिने उल्लेख छ । विश्वका १८० वटा देशमा विभिन्न ५ वटा भाषामा उक्त एपिसोड एकसाथ देखाइने उनको भनाई छ । 

People across 180 countries will get to see the unknown side of PM @narendramodi as he ventures into Indian wilderness to create awareness about animal conservation & environmental change. Catch Man Vs Wild with PM Modi @DiscoveryIN on August 12 @ 9 pm. #PMModionDiscovery pic.twitter.com/MW2E6aMleE

— Bear Grylls (@BearGrylls) July 29, 2019

 

प्रतिक्रिया दिनुहोस