
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)बारे छलफल भइरहेको छ । एमसीसीमाथिको छलफलका क्रममा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधिसभामा पेश गरिएको एमसीसीको विपक्षमा मतदान गर्न सांसदहरुलाई आह्वान गरेका छन् ।
नेता रावलले एमसीसी नेपालको राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता, असंलग्न परराष्ट्र नीतिका विरुद्ध रहेको बताए । उनले भने, ‘एमसीसीले नेपाललाई उपनिवेशकरणको बाटोमा धकेल्छ । नेपाललाई अमेरिकी सुरक्षा छातामुनि राख्न खोजिएको छ । एमसीसीमाथि व्याख्यात्मक टिप्पणी गरेर पारित गरी जनतालाई ठग्ने काम भइरहेको छ ।’
नेता रावलले एमसीसीमा समर्थन गर्नेहरु गद्दारको रुपमा इतिहासमा अंकित हुने बताए । साथै उनले राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषय यस्तो होहल्लाका बीच पेश गर्नु देशप्रतिको गद्दारी रहेको समेत बताए ।
प्रतिक्रिया दिनुहोस