aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

एमसीसीको व्याख्यात्मक घोषणा मन्त्रिपरिषदबाट पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ फागुन २०७८
एमसीसीको व्याख्यात्मक घोषणा मन्त्रिपरिषदबाट पारित

काठमाडौं । सरकारले संयुक्त राज्य अमेरिकाबाट लिन लागेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्याक्ट (एमसिसी) अनुदानसम्बन्धी ११ बुँदे व्याख्यात्मक घोषणा पारित गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को केहीबेर अघि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सम्पन्न बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । प्रतिनिधिसभाको आजको पहिलो बैठकमा एमसिसीसम्बन्धी सैद्धान्तिक छलफल भएको थियो । आजै साँझ हुने दोस्रो बैठकमा त्यससम्बन्धमा दफावार छलफल गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस