
काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ । एमसीसीसँग भएको सम्झौतालाई प्रतिनिधि सभाले व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गरेको हो ।
लामो बहस र विवादपछि एमसीसी सम्झौता आज सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुकाे बुहमतले पारित भएको हो । अर्थमन्त्री जनार्दन शर्माले व्याख्यात्मक घोषणासहितको प्रस्ताव पारित गर्न सभामा प्रस्तुत गरेका थिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने आफ्ना माग सम्बोधन नभएको जनाउँदै विरोध जारी राखेको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही फागुन १८ गते बुधबार दिउँसो १ बजे बस्नेछ ।
प्रतिक्रिया दिनुहोस