aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

साढे ४ महिनामा ३४ किलोमिटर सडक कालोपत्रे

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, १६ फागुन २०७८
साढे ४ महिनामा ३४ किलोमिटर सडक कालोपत्रे

काभ्रे । काभ्रेको धुलिखेल नगरपालिकाले चार वर्ष पाँच महिनाको अवधिमा ३४ किलोमिटर सडक कालोपत्रे गरेको छ । स्थानीय तहको निर्वाचन अगाडि १२.५ किलोमिटर मात्र कालोपत्रे रहेको धुलिखेलमा अहिले ४६.५ किलोमिटरमा कालोपत्रे सडक पुगेको नगरपालिकाले जनाएको छ ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्याञ्जू श्रेष्ठले नगरपालिकाका १२ वटै वडामा कालोपत्रे पु¥याउन काम भइरहेको बताउनुभयो । यस अवधिमा पाँच किलोमिटर सडक ढलान, ७१ किलोमिटर सडक ग्राभेल र ३२० किलोमिटर माटे सडक निर्माण गरेको नगरप्रमुख व्याञ्जूले जानकारी दिनुभयो ।

धुलिखेल नगरपालिकाले पक्की नाली ३० किलोमिटर र कच्ची नाली ३१० किलोमिटरसहित ३४० किलोमिटर नाली निर्माण गरेको जनाएको छ । ‘एक घर एक धारा’ अभियानमा रहेको धुलिखेलले साढे चार वर्षमा दुई हजार ५१९ घरधुरीमा खानेपानी पु(याएको दाबी गरेको छ । नगरपालिकाभित्रका पाँच हजार ७१६ घरधुरी अर्थात् ८१ प्रतिशतमा खानेपानी पुगेको जनाएको छ ।

तीन स्वास्थ्य चौकी र १७ विद्यालयका २४ भवन साढे चार वर्षमा निर्माण भएको छ । आर्थिक वर्ष २०७४/२०७५ देखि २०७७/२०७८ सम्ममा पालिकाले दुई अर्ब ६० करोड ४२ लाख ६९ हजार रुपियाँ बजेट विनियोजन गरेकोमा दुई अर्ब ७९ करोड ४१ लाख ४८ हजार रुपियाँ खर्च भएको थियो । चालू आवको माघ मसान्तसम्ममा ६३ करोड ५० लाख पाँच हजार रुपियाँ आम्दानी र ३९ करोड ४१ लाख ३० हजार रुपियाँ खर्च भइसकेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस