aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

१८ देखि ५९ वर्षसम्मका बेरोजगारको सूची तयार हुँदै

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, १६ फागुन २०७८
१८ देखि ५९ वर्षसम्मका बेरोजगारको सूची तयार हुँदै

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगारीलाई सूचीकृत हुन आह्वान गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत मन्त्रालयले आर्थिक अवस्था न्यून रहेका १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगारहरुसँग निवेदन सङ्कलन शुरु गरेको हो ।

प्रत्येक नेपाली नागरिकलाई रोजगारीको हक प्रत्याभूति गराउन तोकिएको मापदण्ड पूरा गरेका नेपाली नागरिकले रोजगारीको हकसम्बन्धी नियमावली, २०७५ को नियम ७ बमोजिम आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा फागुन महिनाभरि आर्थिक वर्ष २०७९र८० को लागि निवेदन माग गरेको छ ।

बेरोजगार व्यक्ति सूचीकरणसम्बन्धी व्यवस्था अन्तर्गत १८ देखि ५९ वर्ष उमेर समूहको हुनुपर्ने, निवेदन दिँदाको मितिसम्म सोही आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारमा संलग्न नभएको हुनुपर्ने, स्वरोजगारमा संलग्न व्यक्तिको हकमा निवेदन दिँदाको मितिसम्म सोही आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारी वापत प्राप्त गर्ने नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक बराबरको आय ५७ हजार सात सयभन्दा कम हुनुपर्ने मापदण्ड तोकेको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस