
कीभ । रुसले युक्रेनमा आक्रमण गरेपछि युरोपेली संघले युक्रेनका सम्बन्धमा ऐतिहासिक कदम चालेको छ । युरोपेली संघले युक्रेनलाई छिट्टै हतियार उपलब्ध गराउने घोषणा गरेको हो ।
युक्रेनलाई हतियार उपलब्ध गराउने यो निर्णय आफैमा निकै महत्वपूर्ण छ । युरोपेली संघले यस्तो कदम चालेको यो पहिलो पटक हो । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ईयूका अध्यक्ष उर्सुला भोन डर लेयनले यो इतिहास परिवर्तन गर्ने समय भएको बताइन् ।
यससँगै उनले रुस र बेलारुसलाई लक्षित गरी नयाँ प्रतिबन्धको घोषणा पनि गरेका छन् । उनले रुसमाथि युरोपेली हवाई क्षेत्र प्रतिबन्ध लगाउने घोषणा पनि गरेका छन् । युरोपेली संघले रुसमाथि पहिलेभन्दा केही नयाँ र कडा प्रतिबन्ध लगाएको छ ।
प्रतिक्रिया दिनुहोस