
किभ । युक्रेनमा रुसको बमबारी सोमबार पाँचौं दिन पनि जारी छ । युद्ध अन्त्य गर्न दुवै देश बेलारुसमा वार्ता गरिरहेका छन् । वार्ता अघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने–हामीले यो वार्ता सफल हुने अपेक्षा गर्दैनौं तर शान्तिका लागि प्रयास गर्दा कुनै हानि छैन ।
वार्ता सुरु हुनुअघि युक्रेनले रुसलाई युक्रेनको सीमाबाट आफ्नो सेना फिर्ता गर्न आग्रह गरेको थियो । अर्कोतर्फ बेलारुसले रुसलाई सहयोग गर्न युक्रेनमा सेना पठाउने तयारी गरिरहेको छ ।
लाट्भियाले युक्रेनलाई सहयोग गर्ने
युरोपेली देश लाट्भियाले आफ्ना नागरिकहरूलाई युक्रेनमा युद्धमा सामेल हुन अनुमति दिएको छ । यहाँ संसदले प्रस्ताव पारित गरेको छ । यदि लाटभियाका आम जनता युक्रेनमा लड्न चाहन्छन् भने उनीहरू जान सक्ने बताउँछन् । यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले विश्वभरका जनतालाई रुसविरुद्धको लडाइमा सामेल हुन अपिल गरेका थिए
प्रतिक्रिया दिनुहोस