aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

एनआरएनको मध्यपूर्व क्षेत्रीय संयोजकमा गुरुङको उम्मेदवारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ साउन २०७६
एनआरएनको मध्यपूर्व क्षेत्रीय संयोजकमा गुरुङको उम्मेदवारी

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएन)को मध्यपूर्व क्षेत्रीय संयोजक पदमा युवा व्यवसायी प्रविन गुरुङले उम्मेदवारीको घोषणा गरेका छन् ।

 मध्यपूर्वमा लामो समयदेखि व्यवसायी गर्दै आइरहेका युवा व्यवसायी गुरुङ कतारमा कन्स्ट्रक्सन कम्पनीदेखि क्रुजसम्म लगानी गरेका छन् ु उनले  हालै मात्र व्यवसाय बिस्तार गरी पाँच तारे होटेलमा दोहोरी रेस्टुरेन्ट संचालन गरेका छन् । गुरुङ एनआरएनए मध्यपूर्व उपसंयोजक समेत हुन।

 गुरुङले नेपाल आइडल, भ्वाइस अफ नेपाल जस्ता चर्चित अन्तरराष्ट्रिय रियालिटी शोको कार्यक्रमको ग्राण्ड फिनाले  कतारमा सफलतापुर्वक सम्पन्न गरेका थिए।  एनआरएनको नवौं विश्व सम्मेलन आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा हुदै छ ।  

प्रतिक्रिया दिनुहोस