aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

रुस—युक्रेनबीच पहिलो वार्ता सकियो, के भयो सहमति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ फागुन २०७८
रुस—युक्रेनबीच पहिलो वार्ता सकियो, के भयो सहमति ?

काठमाडौं । युक्रेन संकटलाई लिएर युक्रेन र रुसी अधिकारीहरूबीच सम्पन्न पहिलो चरणको वार्ता सकिएको छ । युक्रेन र बेलारुसको सीमामा भएको सो वार्ताले खासै नतिजा नल्याएको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 

थप परामर्श गरेर फेरि दोस्रो चरणको वार्ता गर्ने सहमति भएको थियो । वार्तामा युक्रेनले युद्धविरामको प्रस्ताव गरेको र रुसले त्यसलाई ठाडै अस्वीकार गरेको बताइएको छ ।


दोस्रो चरणको वार्ता अघि दुबै देशका अधिकाहरुी थप छलफलका लागि सम्बन्धित देशको राजधानी फर्किएको युक्रेनी राष्ट्रपतिका सल्लाहकारले जनाएका छन् । तत्काल युद्धविराम गर्न र रुसी फौजलाई फिर्ता गर्ने विषयमा छलफल गर्ने उदेश्यसहित दुई पक्षबीच वार्ता भएको थियो । 

प्रतिक्रिया दिनुहोस