aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

युक्रेनलाई पठाइएका सैन्य उपकरणहरु रसिया विरुद्ध प्रयोग भएमा पठाउने देश जिम्मेवार हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ फागुन २०७८
युक्रेनलाई पठाइएका सैन्य उपकरणहरु रसिया विरुद्ध प्रयोग भएमा पठाउने देश जिम्मेवार हुने

कीभ । युक्रेन विरुद्ध रुसको सैन्य कारबाही मङ्गलबार छैटौं दिन पनि जारी छ । विश्वका धेरै देशले युक्रेनलाई सैन्य उपकरण पठाएर सहयोग गरिरहेका छन् । रसियाले सैन्य उपकरण पठाएर सहयोग गर्ने देशहरूलाई ती उपकरणहरू रसियाविरुद्ध प्रयोग भएमा पठाउने देश जिम्मेवार हुने जनाएको छ ।

सैन्य मुठभेडका बीचमा पनि यो संकट समाधानका लागि कूटनीतिक पहल भइरहेको छ । संयुक्त राष्ट्र मानव अधिकार परिषद्ले युक्रेन संकटमा आपतकालीन बहसको प्रस्ताव गरेको छ । उक्त प्रस्तावको पक्षमा २९ र विपक्षमा ५ मत परेको थियो । भारतसहित १३ देशले मतदानमा भाग लिएनन् । संयुक्त राष्ट्र मानव अधिकार परिषदमा कूल ४७ सदस्यहरू छन् ।

यसअघि संयुक्त राष्ट्र संघको महासभाको विशेष सत्रमा रुस र युक्रेनका कूटनीतिज्ञहरूले एकअर्कालाई निशाना बनाएका थिए । युक्रेनी कूटनीतिज्ञ सर्गेई किसलित्सियाले भने कि यदि युक्रेन बाँच्दैन भने, संयुक्त राष्ट्र पनि बाँच्न सक्दैन ।

रुसका प्रतिनिधि भासिली नेबेन्जियाले संयुक्त राष्ट्रसंघलाई भने कि कीभका नागरिकले बिना कुनै झन्झट शान्तिपूर्वक राजधानी छोड्न सक्छन् । रूसी अपरेशनले कुनै पनि महत्वपूर्ण नागरिक पूर्वाधारलाई असर गर्दैन । अहिलेको समस्या युक्रेनबाट आएको हो ।
 

प्रतिक्रिया दिनुहोस