aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

श्रीलङ्काद्धारा रुस र युक्रेनका पर्यटकको भिसा अवधि थप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ फागुन २०७८
श्रीलङ्काद्धारा रुस र युक्रेनका पर्यटकको भिसा अवधि थप

कोलम्बो ।  श्रीलङ्काले आफ्नो देशमा रहेका रुस र युक्रेनका पर्यटकहरुको भिषाको म्याद थप्ने निर्णय गरेको छ ।उनीहरु अहिले आफ्नो देशमा फर्किने अवस्था नरहेकाले उनीहरुको भिषाको अवधि दुई महिना थप गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् । 

रुसले युक्रेनमाथी आक्रमण गरेपछि अहिले रुस र युक्रेनका बीचमा युद्ध भइरहेको छ । युद्धका कारण युक्रेनमा रहेकाहरु पनि सकेसम्म अन्य देश तर्फ जाने गरेका छन् । सरकारी अधिकारीहरुका अनुसार श्रीलङ्कामा अहिले रुस र युक्रेनका कुल १५ हजारभन्दा बढी पर्यटकहरु रहेको जनाएका छन् । ती मध्ये ११ हजार ४६३ जना रुसका पर्यटक रहेका छन भने तीन हजार ९९३ जना युक्रेनका रहेका छन् । 

श्रीलङ्काको पर्यटन मन्त्रालयको प्रस्तावलाई मन्त्रीपरिषद्ले सोमबार बेलुका पारित गरेको अधिकारीहरुले जनाएका छन् ।सरकारको निर्णयबाट लाभान्वित हुने रुस र युक्रेनका पर्यटकले खुशी पनि व्यक्त गरेको समाचारमा जनाइएको छ ।
 

प्रतिक्रिया दिनुहोस