aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अब ३७ हजारमै जापान उड्न पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ साउन २०७६
अब ३७ हजारमै जापान उड्न पाइने

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजबाट ३७ हजार रुपैयाँमै जापान यात्रा तय गर्न सकिने भएको छ ।

आगामी भदौ १२ देखि जापानको ओसाका सीधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौं ओसाकाको मूल्य अभिवृद्धि करसहित ३६ हजार ९ सय ९९ रुपैयाँ नयाँ भाडादर निर्धारण गरेको हाे । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस