aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

गृहले जफत गर्यो सिडिओ अफिसका फाइल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ साउन २०७६
गृहले जफत गर्यो सिडिओ अफिसका फाइल

किर्ते कागजात खडा गरी विदेशीलाई नेपाली नागरिकताको प्रमाणपत्र जारी गरेको आरोपमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट वितरित नेपाली नागरिकतासम्बन्धी अभिलेख फाइल नियन्त्रणमा लिएको छ।

भारतीयसहित भुटानी र तिब्बती शरणार्थीलाई फर्जी कागजात तयार पारेर नागरिकता जारी गरेको उजुरी परेपछि गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता वितरण गरिएको अभिलेख फाइल नियन्त्रणमा लिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत विदेशीलाई नेपाली नागरिकता दिएको विषयमा छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिइसकेको छ।

गृह मन्त्रालय स्रोतका अनुसार २०६० सालपछि जिल्ला प्रर्यालय काठमाडौंबाट जारी भएका सबै नागरिकताको फाइल गृह मन्त्रालयले नियन्त्रणमा लिएको छ। तर काठमाडौं प्रशासनका सूचना अधिकारी कृष्णबहादुर कटुवाल यस विषयमा बोल्न चाहेनन्। यो समाचार आजको नागरिक दैनिकबाट लिइएको हो ।

प्रतिक्रिया दिनुहोस