aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

ई–पासपोर्ट सेवाको पहुँच ८५ प्रतिशतमा

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • विहीबार, १९ फागुन २०७८
ई–पासपोर्ट सेवाको पहुँच ८५ प्रतिशतमा

काठमाडौं । सरकारले नेपालका प्रमुख श्रम गन्तव्य खाडी र मलेसियामा कार्यरत नेपाली श्रमिकलाई ई–पासपोर्ट सेवाको पहुँच पु¥याएको छ । राहदानी विभागले मंसिरबाट सुरु गरेको विद्युतीय राहदानी ९ई–पासपोर्ट० को सेवा कतार, साउदी अरब, यूएई, कुबेत, बहराइन, ओमान र मलेसियामा विस्तार गरेको छ ।

यी श्रम गन्तव्यमा वैदेशिक रोजगारीमा गएकामध्ये ८५ प्रतिशत श्रमिक कार्यरत छन् । विगत तीन वर्षयता खाडीका श्रम गन्तव्य र मलेसियामा रोजगारीका लागि मात्र आठ लाखभन्दा बढी श्रमिकले श्रम स्वीकृति लिएको पाइन्छ । राहदानी विभागका निर्देशक शरदराज आरनले परीक्षणको रूपमा नेपाली राजदूतावास दोहा, कतारबाट सुरु गरी खाडीका अधिकांश देश र मलेसियाबाट विद्युतीय राहदानी लाइभ इनरोलमेन्ट कार्य सुरु भएको बताए । निर्देशक आरनले पहिलो चरणमा खाडी र मलेसियाबाट ई–पासपोर्ट इनरोलमेन्ट गर्ने कार्य सुरु भइसकेको जनाउँदै अब अमेरिका, क्यान्डा, जापान, कोरियाबाट ई–पासपोट सेवा सुरु गर्ने योजना रहेको बताए ।

त्यस्तै यीबाहेका अन्य मुलुकमा रहेका सबै नेपाली नियोगमा उपकरण पठाउने कार्य भइरहेको र केही हप्ताभित्र सेवा सञ्चालन गर्ने कार्यक्रम रहेको विभागले जनाएको छ । दोस्रो चरणमा यूके, अमेरिका, क्यान्डा, कोरिया र जापानलगायतका देशबाट पासपोर्ट इनरोलमेन्ट सेवा विस्तारका लागि काम भइरहेको विभागले जनाएको छ । निर्देशक आरनले यी देशमा दुई हप्ताभित्र ई–पासपोर्टको सेवा विस्तार हुने बताए ।

नेपालको हकमा ५० वटा जिल्ला प्रशासन कार्यालय र केही इलाका प्रशासन कार्यालयबाट विद्युतीय राहदानीका लागि लाइभ इनरोलमेन्ट सुरु भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस