aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सामूहिक बलात्कार मिलापत्र मै टुङ्ग्याइयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ साउन २०७६
सामूहिक बलात्कार मिलापत्र मै टुङ्ग्याइयो

बलात्कारको घटनामा गाउँमै ‘क्षतिपूर्ति’ दिलाएर मिलापत्र गराइएको खुलेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । 

रंगेली–९ संखुवाथानकी एक १६ वर्षीया अशक्त किशोरीलाई स्थानीय तीन युवाले असार २० मा बलात्कार गरेको अलि ढिला खुलेपछि अनुसन्धान थालिएको प्रहरी निरीक्षक कवीन्द्र कार्कीले बताए । 

स्थानीय २५ वर्षीय रोमन मगर, २४ वर्षीय प्रिन्स अधिकारी र २३ वर्षीय सविन चौधरीमाथि किशोरीलाई ललाइफकाई सामूहिक बतात्कार गरेको आरोप छ । घटना बाहिरिएपछि गाउँमै समाजको पञ्चायत बसेर स्थानीयले असार २६ मा मिलापत्र गराएका थिए । 

रोमनका बाबु चेतबहादुर मगरलाई किशोरीको उपचारका लागि एक लाख ५० हजार रुपैयाँ साउन ६ भित्र दिनुपर्ने भन्दै सहीछाप गराएर पञ्चले घटना मिलापत्र गराएका थिए । यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस