
एजेन्सी । युक्रेन र रुसबीच जारी युद्धको १० औं दिनमा रुसले युक्रेनका आवासीय क्षेत्रमा आक्रमणलाई तिब्र बनाएको छ । युक्रेनले जाइटोमिर सहरमा रुसी आक्रमणमा आफ्ना ४७ सर्वसाधारण मारिएको दाबी गरेको छ । क्लस्टर बम विष्फोट गराइएको स्थानीय प्रहरीले जनाएको छ ।
युक्रेनको रक्षा मन्त्रालयले रुसले सैन्य अखडा र आवासीय क्षेत्रमा आक्रमण जारी राखेको जनाएको छ । यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसलाई रोक्न सहयोग गर्न युरोपेली नेताहरूलाई आग्रह गरेका छन् । जेलेन्स्कीले भने, ’यदि रुसलाई रोकिएन भने पूरै युरोप समाप्त हुनेछ ।’
रुसले मारिउपोल सहरको एउटा अपार्टमेन्टमा मिसाइल प्रहार गरेको छ । मिसाइल आक्रमणबाट अपार्टमेन्टको माथिल्लो भाग पूर्णरुपमा जलेको थियो । रुसले मारिउपोल सहरको एउटा अपार्टमेन्टमा मिसाइल प्रहार गरेको छ । मिसाइल आक्रमणबाट अपार्टमेन्टको माथिल्लो भाग पूर्णरुपमा जलेको थियो ।
रुसले शुक्रबार युक्रेनी सहर मारिउपोलको एक आवासीय अपार्टमेन्टमा मिसाइल प्रहार गरेको छ । तर, घटनाको समयमा भवनमा कोही पनि थिएनन् । आक्रमणपछि अपार्टमेन्टमा आगो लागेको थियो । भोलोडिमिर जेलेन्स्कीले युक्रेनलाई नो–फ्लाई जोन नबनाएकोमा नाटोको आलोचना गरेका छन् । जेलेन्स्कीको प्रस्ताव नाटो विदेश मन्त्रीहरूको बैठकमा अस्वीकार गरिएको थियो ।
फ्रान्सले जापोरिजिया आणविक प्लान्टमा रुसी आक्रमणको निन्दा गरेको छ । फ्रान्सेली राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै राष्ट्रसंघलाई आफ्नो सुरक्षाका लागि विशेष सत्र बोलाउन आग्रह गरेको छ । रुसी सेनाले युक्रेनको राजधानी किभ लगायत खार्किभ, मारियुपोल जस्ता सहरलाई घेरेको छ । यहाँ अत्यावश्यक वस्तुको आपूर्तिमा कटौती गरिएको छ । यसले अलपत्र परेका नागरिकको समस्या झनै बढाएको छ ।
युक्रेनसँगको युद्धका बीच रुसले फेसबुक र ट्वीटरमाथि प्रतिबन्ध लगाएको छ । पुटिन प्रशासनले रुसी मिडियाको सामग्री प्रकाशनमा भेदभाव गरेको कारण प्रतिबन्ध लगाइएको जनाएको छ । रुसको सेन्सरसिप एजेन्सी रोस्कोमनाडजोरले फेसबुक–ट्विटर विरुद्ध २६ वटा मुद्दा परेपछि यो निर्णय गरेको बताएको छ । यसैबीच फेसबुकले विज्ञप्ति जारी गर्दै रुसको यो निर्णयका कारण लाखौं मानिसले भरपर्दो जानकारी नपाउने बताएको छ ।
रुसले सरकार समर्थित सामग्रीको प्रसारणमा रोक लगाएको भन्दै फेसबुक र ट्विटरमा कारबाही गरेको छ । रुसले सरकार समर्थित सामग्रीको प्रसारणमा रोक लगाएको भन्दै फेसबुक र ट्विटरमा कारबाही गरेको छ । जापोरिजिया आणविक प्लान्टमा आक्रमण पछि संयुक्त राष्ट्र बैठक युक्रेनको जापोरिजिया आणविक प्लान्टमा रुसी आक्रमणपछि संयुक्त राष्ट्रसंघको आपतकालीन बैठक बोलाइएको छ । जसमा रुसी राजदूतले परमाणु संयन्त्र पूर्ण रुपमा काम गरिरहेको र त्यहाँ रुसी हस्तक्षेप नभएको बताए ।
यसैबीच अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेनले रुसी सेनालाई कीभ बाहिर आक्रमण गरेर कमजोर बनाएको दाबी गरेको छ । युक्रेनलाई हतियार पठाउने प्रश्नमा पेन्टागनले युक्रेनसँग पहिले नै पर्याप्त हतियार रहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस