
एजेन्सी । पेरिसस्थित फाइनान्सियल एक्शन टास्क फोर्स (FATF) ले पाकिस्तानलाई फेरि एकपटक आफ्नो वाच लिस्ट अर्थात् ‘ग्रे लिस्ट’ मा राखेको छ । पाकिस्तानलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान र अभियोजनमा थप काम गर्न भनिएको छ । एफएटीएफको चार दिने बैठकपछि यो निर्णय गरिएको हो । आतंकवाद वित्त पोषण र मनी लान्ड्रिङ विरुद्धको कारबाहीमा लापरवाही गरेको कारण पाकिस्तान जून २०१८ देखि ँब्त्ँ को ग्रे लिस्टमा छ ।
पाकिस्तानका अनुसार उनीहरुको देशले सन् २०२३ सम्ममा एफएटीएफका सबै शर्त पूरा गर्नेछ । अक्टोबर २०१२ मा,एफएटीले ३४ मध्ये चार सर्तहरू पूरा नगरेको कारण जनवरी 2022 सम्म पाकिस्तानलाई ग्रे लिस्टमा राख्यो । त्यसपछि एफएटीएफले संयुक्त राष्ट्र संघबाट प्रतिबन्धित आतंकवादी समूहका शीर्ष नेताहरू विरुद्ध आतंकवाद वित्त पोषणको लागि अनुसन्धान र सजाय पाउनमा पाकिस्तानले लापरवाही गरेको बताएको थियो । यो सूचीमा पर्दा पाकिस्तानको आयात–निर्यात, कतै पठाइने पैसा, अन्तर्राष्ट्रिय ऋण लिनेमा प्रतिकूल असर परेको छ । पाकिस्तानले चार पटक प्रयास गर्यो तर असफल भयो ।
सन् २०१८ को जुनमा पाकिस्तानलाई ग्रे लिस्टमा राखिएको थियो। अक्टोबर २०१८, २०१९, २०२०, अप्रिल २०२१ र अक्टोबर २०२१ मा गरिएको समीक्षामा पनि पाकिस्तानले राहत पाउन सकेन । किनभने यसले FATF को सिफारिसहरू पालन गर्न असफल भएको छ । यस अवधिमा पाकिस्तानमा आतंकवादी संगठनहरूलाई विदेश र आन्तरिक रूपमा आर्थिक सहयोग प्राप्त भएको छ । यसबाहेक, विश्वव्यापी वित्तीय निगरानी संस्थाले संयुक्त अरब इमिरेट्स (युएई) लाई पनि आफ्नो ग्रे लिस्टमा राखेको छ ।
प्रतिक्रिया दिनुहोस