aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

रुसी रकेट युक्रेनको राष्ट्रपति भवनसम्म पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ फागुन २०७८
रुसी रकेट युक्रेनको राष्ट्रपति भवनसम्म पुग्यो

एजेन्सी । रुसी रकेट युक्रेनको राष्ट्रपति भवनसम्म पुगेको छ । अमेरिकाको पेन्टागनका अनुसार एक हप्तामा ५०० भन्दा बढी मिसाइल प्रहार गरेको दावी गरेको छ । रुसले युक्रेनमा आक्रमण जारी राखेको छ । युक्रेनका धेरै शहरहरू भग्नावशेषमा परिणत भएका छन् । अवस्था निकै खराब छ । रुसले युक्रेनमा क्लस्टर बम खसालेको जुन युद्ध अपराध हो भनी जी–७ देशहरुले दाबी गरेका छन् ।

कीभतर्फ अग्रसर भएको रुसी सेनाले आफ्नो बाटोमा आउने हरेक अवरोधलाई हवाई आक्रमणबाट जवाफ दिइरहेको छ । रुसी सेनाले फायरिङ गरिरहेको हरेक सहरतर्फ तोपको मुख राखिएको छ ।

युद्धकाबीच आज तेस्रो चरणको वार्ता पनि हुनसक्ने बताइएको छ । अर्कोतर्फ युक्रेनको राष्ट्रपति भवन अगाडि रकेट आक्रमण भएको छ । यसै क्रममा रुसी सेनाले ओडेसाको एउटा पुल पनि उडाएको छ ।

प्रतिक्रिया दिनुहोस