aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

युक्रेनमा पसेका मानिसलाई बाहिर निकाल्नका लागि रुसद्वारा युद्ध विरामको घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ फागुन २०७८
युक्रेनमा पसेका मानिसलाई बाहिर निकाल्नका लागि रुसद्वारा युद्ध विरामको घोषणा

एजेन्सी । युक्रेन र रुसबीचको युद्ध १० औं दिन पनि जारी छ । मिडिया रिपोर्टका अनुसार रुसले दुई सहर मारियुपोल र भोल्नोभाखामा युद्धविराम घोषणा गरेको छ । युक्रेनमा फसेका मानिसहरूलाई बाहिर निकाल्न युद्धविराम घोषणा गरिएको छ । अर्थात् यहाँ फसेका मानिसहरूलाई बाहिर ननिस्किएसम्म आक्रमण नहुने बताएको छ । रुस र युक्रेनबीच जारी युद्धको दशौं दिन रुसले युक्रेनका दुई सहरमा युद्धविरामको घोषणा गरेको छ । यो युद्धविराम मारियुपोल र वोल्नोवा शहरहरुमा युद्धविराम लागू हुनेछ।

यसअघि युक्रेनको रक्षा मन्त्रालयले रुसले सैन्य अखडा र नागरिक क्षेत्रमा लगातार आक्रमण गरिरहेको बताएको थियो । यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसलाई रोक्न सहयोग गर्न युरोपेली नेताहरूलाई अपिल गरेका छन् । जेलेन्स्कीले भने, ’यदि रुसलाई रोकिएन भने पूरै युरोप समाप्त हुनेछ ।’

रुसले मारिउपोल सहरको एउटा अपार्टमेन्टमा मिसाइल प्रहार गरेको छ । यसबाट अपार्टमेन्टको माथिल्लो भाग पूर्ण रुपमा जलेको छ । रुसले मारिउपोल सहरको एउटा अपार्टमेन्टमा मिसाइल प्रहार गरेको छ । यसबाट अपार्टमेन्टको माथिल्लो भाग पूर्ण रुपमा जलेको छ ।

रुसी राजदूतले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई युक्रेनबाट भारतीय विद्यार्थी र अन्य विदेशी नागरिकलाई बाहिर निकाल्न तयार रहेको बताएका छन् । जेलेन्स्कीले दावी गरेका छन एक रूसी रकेट कीभको राष्ट्रपति भवन बाहिर खसेको थियो । उनले रुसले फेरि लक्ष्य गुमाएको बताए ।

रुसले शुक्रबार युक्रेनी सहर मारिउपोलको एक आवासीय अपार्टमेन्टमा मिसाइल प्रहार गरेको छ । तर, घटनाको समयमा भवनमा कोही पनि थिएनन् । आक्रमणपछि अपार्टमेन्टमा आगो लागेको थियो ।भोलोडिमिर जेलेन्स्कीले युक्रेनलाई नो–फ्लाई जोन नबनाएकोमा नाटोको आलोचना गरेका छन् । जेलेन्स्कीको प्रस्ताव नाटो विदेश मन्त्रीहरूको बैठकमा अस्वीकार गरिएको थियो । 

फ्रान्सले जापोरिजिया आणविक प्लान्टमा रुसी आक्रमणको निन्दा गरेको छ । फ्रान्सेली राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै राष्ट्रसंघलाई आफ्नो सुरक्षाका लागि विशेष सत्र बोलाउन आग्रह गरेको छ ।

रुसी सेनाले युक्रेनको राजधानी किभ लगायत खार्किभ, मारियुपोल जस्ता सहरलाई घेरेको छ । यहाँ अत्यावश्यक वस्तुको आपूर्तिमा कटौती गरिएको छ । यसले अलपत्र परेका नागरिकको समस्या झनै बढाएको छ ।

युक्रेनसँगको युद्धका बीच रुसले फेसबुक र ट्वीटरमाथि प्रतिबन्ध लगाएको छ । रुसी मिडियाले सामग्री प्रकाशनमा भेदभाव गरेकोले प्रतिबन्ध लगाइएको पुटिन प्रशासनले जनाएको छ । रुसी सेन्सरसिप एजेन्सी च्यकपयmलबमशयच ले फेसबुक–ट्विटर विरुद्ध २६ वटा मुद्दा परेपछि यो निर्णय गरेको बताएको छ । यसैबीच फेसबुकले विज्ञप्ति जारी गर्दै रुसको यो निर्णयका कारण लाखौं मानिसले भरपर्दो जानकारी नपाउने बताएको छ । रुसले फेसबुक र ट्विटरमा सरकार समर्थित सामग्री प्रतिबन्ध लगाउन कारबाही गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस