aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

अमेरिका र रुसले कुन देशलाई धेरै हतियार बेच्छन ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ फागुन २०७८
अमेरिका र रुसले कुन देशलाई धेरै हतियार बेच्छन ?

एजेन्सी । रुस र युक्रेनबीचको युद्धको वास्तविक कारण ‘डर’ हो । युक्रेन नेटोको सदस्य भएमा आफ्नो सुरक्षा खतरामा पर्ने रुसलाई डर थियो । योसँगै युक्रेनमा रुसको ‘डर’ थियो । यही ‘डर’का कारण उनी नाटोको सदस्यता खोज्दै थिए र उनको डर अन्ततः यथार्थमा परिणत भयो ।

रुस युक्रेन युद्धले पुन अर्को डरको चर्चा भइरहेको छ ।  त्यो हो तेस्रो विश्वयुद्धको सम्भावनाको । अहिले यो डरको कुनै ठोस आधार नभए पनि विभिन्न देशले यही ‘डर’ लाई मध्यनजर गर्दै रक्षा क्षेत्रमा लगानी बढाउने निर्णय पनि गरेका छन् । पछिल्लो उदाहरण जर्मनी र चीन हुन् ।

कुनै पनि ठूला युद्धको डर हटाउन विश्वका देशहरूसँग एउटै उपाय भनेको  हतियारको भण्डारण र सैनिक क्षेत्रमा बजेट वृद्धि नै हो ।  हतियारको भण्डार जति ठूलो हुन्छ । त्यो देशले आफूलाई शत्रुसँग लड्न सक्षम ठान्दछ । त्यसैले विश्वको ‘डरको बजार’ अर्थात् ’हतियारको बजार’ बुझ्न जरुरी छ । 

संसारमा हतियारको व्यापार गर्ने विश्वमा कुन कुन देशहरू छन् भन्ने जानकारी तपाईलाई हामी गराउँदैछौं ।  अमेरिका, रुस, फ्रान्स, जर्मनी र चीनले विश्वको हतियार बजारको ७५ प्रतिशत हिस्सा ओगटेका छन् ।

अहिले अमेरिका पहिलो नम्बरमा र रुस दोस्रो नम्बरमा छ । तर रुस पनि यो बजारमा नम्बर एक हुन चाहन्छ ।  रुस र युक्रेनबीचको यो युद्धमा अमेरिका युक्रेनको साथमा छ । जसका कारण धेरै विज्ञहरुले यो युद्धलाई रुस र अमेरिकाको युद्ध पनि भनेका छन् ।

अहिले अमेरिका र युरोपका धेरै देशहरूले युक्रेनलाई हतियार सहयोग गरिरहेका छ । जसको अनुरोध स्वयम् युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि गरिरहेका छन् । जसका कारण अमेरिकाले असुरक्षाको डरका बीच आफ्नो हतियारको बजार बढाउन चाहेको आरोप पनि लाग्दै आएको छ ।

स्वीडेनमा आधारित थिंक ट्याङ्क ‘स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्युट’ (सिप्री) को २०२१ को रिपोर्ट अनुसार, यस डर बजारमा हतियारको सबैभन्दा ठूलो खरिदकर्ताहरू साउदी अरेबिया, भारत, इजिप्ट, अष्ट्रेलिया र चीन हुन् । बेच्ने र किन्ने देशलाई नजिकबाट हेर्दा सबैभन्दा बढी हतियार बेच्ने र सबैभन्दा बढी हतियार किन्ने देश दुवैको सूचीमा चीन एक मात्रै देश हो भन्ने थाहा हुन्छ ।

रिभर्स इन्जिनियरिङको अर्थ यहाँ हतियारलाई भत्काउने र त्यसका पार्टपुर्जाहरू पुनःनिर्माण गर्नु हो । यस प्रक्रियामा चीनले आफ्नो आवश्यकता अनुसार ती पार्टपुर्जाहरूमा केही परिवर्तन गरेर कि त प्रयोग गर्छ वा बेच्ने गर्छ । जसका कारण चीन हतियार आयातकर्ताको सूचीमा र निर्यातकर्ताको सूचीमा पनि अगाडि छ । 

रुस र अमेरिकाबाट हतियार किन्नेहरुको सूचीमा पनि विभिन्न देशहरु रहेका पाइन्छ । सिप्रीको पछिल्लो प्रतिवेदन अनुसार रुसका हतियार खरिद गर्ने शीर्ष तीन देश भारत, चीन, अल्जेरिया हुन् । अर्थात् रुसी हतियारको सबैभन्दा ठूलो खरिदकर्ता भारत रहेको छ ।

यसै कारण भारतले यस मामिलाबाट टाढा रहेको र रुसको खुलेर विरोध नगरेको विज्ञहरू बताउँछन् । रुसले भारतलाई हतियार र प्रविधि हस्तान्तरणमा सहयोग गर्छ । जसका कारण भारतले आफ्नो देशमा पनि केही चीज बनाउन सक्छ ।

जहाँसम्म अमेरिकाबाट हतियार खरिद गर्ने देशहरूमा साउदी अरेबिया, अष्ट्रेलिया र दक्षिण कोरिया यस सूचीमा सबैभन्दा अगाडि छन् । तर भारतले अमेरिकाबाट हतियार किन्दैन भन्ने होइन । भारतले रुसबाहेक अमेरिका, इजरायल र फ्रान्सबाट पनि हतियार किन्ने गरेको छ ।

पछिल्लो समय रक्षा क्षेत्रमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले ‘आत्मनिर्भर भारत’को नारा लगाएको छ । जसका कारण पनि भारतले रक्षा क्षेत्रमा विविधीकरण गरेर रुस र अन्य देशमाथिको आफ्नो निर्भरता घटाउन चाहन्छ ।

अमेरिकाको हतियार बजार विगत १० वर्षमा १५ प्रतिशतले बढेको छ भने रुसको २२ प्रतिशतले घटेको छ । तर, रुस–युक्रेन युद्धपछि हतियार बजारको तस्विर केही परिवर्तन हुन सक्ने देखिन्छ । बीबीसी हिन्दीको सहयोगमा
 

प्रतिक्रिया दिनुहोस