
नेपालको पहिलो कम्प्युटर इन्जिनियर मुनिबहादुर शाक्य जसले सन् १९७० को दशकमा नै विश्वमै अत्यान्तै कम सूचना प्रविधि अर्थात कम्प्युटरको विकास भएको अवस्थामा सबैलाई आश्चर्य चकित पार्दै माइक्रोचिप्स प्रयोग गरी नेपालमा १९७९ मा नै कम्प्युटर निर्माण गरेका थिए । उमेरले ७५ बसन्त पार गरिसकेका शाक्य २१ वर्ष विभिन्न देशमा अध्ययन अनुसन्धानमै विताएर आफूले आर्जन गरेको ज्ञान, सीपलाई मातृभूमिमै सदुपयोग गर्ने उद्देश्य लिएर फर्केका थिए । आज आफैंद्वारा निर्मित प्रविधिहरू माझ रमाइरहेका छन् ।
विश्वको चर्चित कम्प्युटर सफट्वेयर निर्माता कम्पनी माइक्रोसफ्ट सन् १९७५ मा र अर्को कम्प्युटर निर्माता कम्पनी एप्पल सन् १९७६ मा स्थापना भएका थिए ।
सन् १९७० कै दशकमा स्थापना भएका कम्पनीले विश्वमा बर्चस्व जमाइरहेका छन् । तर, नेपालमा सोही दशकमा नै स्थापना भएको कम्प्युटर निर्माता कम्पनी हाइटेक पायोनियर प्रालि किन चर्चामा छैन त ? यिनै सेरोफेरोमा रहेर उक्त कम्पनीका सञ्चालक शाक्यसँग आर्थिकन्युज डट कमका लागि लालकाजी तामाङले गरेको कुराकानीः
भारत गएर एक वर्षसम्म कामको खोजीमा भौतारिएर हिँडे एक वर्षपछि सुपरभाइजरको काम मिल्यो । मैले त्यस कामवापत ३ सय रुपैयाँ आईसी प्राप्त गर्दा मेरो खुशीको सिमा नै रहेन ।
कसरी शुरुआत भयो तपाईंको कम्प्युटर वैज्ञानिक बन्ने सपना ?
म्याट्रिक्स पास गरेपछि त्रिचन्द्र कलेजबाट बिज्ञान संकायमा प्रमाण पत्र तह पास गरेँ त्यसपश्चात सन् १९६५ मा भारतबाट रेडियो इलेक्ट्रोनिक्सको कोर्स पूरा गरेर सन् १९७२ मा ब्रिटिस काउन्सिलको छात्रवृत्तिमा कम्प्युटर इन्जिनियरिङ अध्ययनका क्रममा भारत, बेलायत, फ्रान्स, अमेरिका, सिंगापुर, हङकङ, जापानलगायत देशमा २१ वर्ष बिताएर नेपाल फर्केको हुँ ।
भारत गएर एक वर्षसम्म कामको खोजीमा भौतारिएर हिँडें एक वर्षपछि सुपरभाइजरको काम मिल्यो । मैले त्यस कामवापत ३ सय रुपैयाँ आईसी प्राप्त गर्दा मेरो खुशीको सिमा नै रहेन ।
भारतमा आठ वर्षसम्म इलोक्ट्रोनिक्स विज्ञान र बेलायतबाट चार्टर्ड इन्जिनियरिङ गरेपछि एक अमेरिकन नागरिकको स्पोन्सरमा अमेरिकाको एउटा कम्प्युटर उद्योगमा जागिर गरेँ ।
त्यहाँ कम्प्युटरको विषयमा धेरै जान्ने र बुझ्ने मौका पाएँ । फ्रान्समा सन् १९७५ देखि १९७७ सम्म बस्दा कम्प्युटरसम्बन्धी धेरै ज्ञान पाउने मौका मिल्यो ।
अध्ययन र कामको सिलसिलामा फ्रान्समा रहँदा मैले माइक्रो प्रोसेसरबाट कन्ट्रोलर र भिडियो कार्ड बनाएको थिएँ भने युकेमा निर्मित माइक्रो प्रोसेसरबाट नेपालमै पहिलो माइक्रो कम्प्युटर बनाएको हुँ ।
१९८० मा त्यतिबेला एप्पल कम्पनीले जम्मा ८० किलोबाइट क्षमताको कम्प्युटर बनाएको थियो । मैले ९सय किलोबाईट क्षमताको कम्प्युटर बनाएँ । अमेरिकामा गएर उनी सबै काममा सफल भए । अमेरिकामा प्रशस्त सम्भावना हुँदाहुँदै म नेपाल फर्किएँ ।
अमेरिकामा इन्टरफेस गरेर आफैं कम्प्युटर बनाउन सक्ने भएपछि म स्वदेश नै फर्किए । म अमेरिकामा काम नपाएर नेपाल फर्किएको चाहिँ होइन । आफ्नै देशमा गएर केही गर्छु, आफूले सिकेको कुरा आफ्नै देशका युवालाई सिकाउँछु र आफ्नै देशलाई कम्प्युटरमा आत्मनिर्भर बनाउँछु भनेर म नेपाल फर्किएको हुँ ।
त्यो बेलामा टेक्नोलोजीसम्बन्धी काम गर्न कत्तिको सजिलो थियो ?
त्यतिबेला अमेरिकामा पनि कम्प्युटर उत्पादनसम्बन्धी सबै काम हातैले गर्नु पथ्र्यो । १ सय ५ वटा चिप्स् भएका कम्प्युटरमा सबै चिप्स हातैले राख्नु पथ्र्यो । यदी त्यो कम्प्युटर चलेन भने सबै पुनः हेरेर हातैले सच्याउनु पथ्र्यो । त्यतिखेर ५ मेगावाइटको हार्डडिक्स बजारमा आएको थियो ।
अमेरिकामा इन्टरफेस गरेर आफैं कम्प्युटर बनाउन सक्ने भएपछि म स्वदेश नै फर्किए । म अमेरिकामा काम नपाएर नेपाल फर्किएको चाहिँ होइन । आफ्नै देशमा गएर केही गर्छु, आफूले सिकेको कुरा आफ्नै देशका युवालाई सिकाउँछु र आफ्नै देशलाई कम्प्युटरमा आत्मनिर्भर बनाउँछु भनेर म नेपाल फर्किएको हुँ ।
तपाईंले सोचेजस्तो भयो त ?
म आफै फ्रान्स, बेलायत, अमेरिकाको ठूल्ठूला अवसर छोडेर नेपालमै केही गर्छु भनेर आएँ । तर, सरकारले कहिल्लै हेरेन । गर्नको लागि नेपालमा धेरै गरें । तर, जति सोचेको थिएँ, त्यो सम्भव हुन दिएनन् ।
सुनिदिने कोही छैन । सुनिहाले बुझिदिने कोही भएन । मेरो एउटा घर अहिले पनि मैले बनाएका कम्प्युटर र अन्य देशमा बनेका ऐतिहासिक कम्प्युटर सामग्रीहरुको म्युजियम नै छ । नेपाल सरकारले अझैसम्म पनि यस्तो ऐतिहासिक कम्प्युटरहरु भएको संग्राहलय बनाउन सकेको छैन । यो म्युजियममा देशका विभिन्न क्षेत्रबाट विद्यार्थीहरु समेत अवलोकन गर्न आउने गरेका छन् ।
सुचना प्रविधिमा योगदान पुर्याएका महाविर पुनलाई पनि मैले बनाएको १६ वटा कम्प्युटर अत्यन्तै सस्तो दाममा उपलब्ध गराएको छु । केही गर्छु भन्नेको लागि मैले गरेकै छु । सबैले गरोस् र केही सिकोस् भन्ने मेरो चाहना हुन्छ ।
जुन इच्छाशक्ति बोकेर म नेपाल फर्किएको थिँए, यहाँ आएपछि सोचे जस्तो हुन सकेन । क्षमता, अनुभव, काम गर्ने दृढता भएर मात्र नहुने रहेछ । मैले ११ वर्ष पहिला ग्रिन कम्प्युटरको आविष्कार गरेको हुँ । ३५ वाटभन्दा कम विद्युत् खपत गर्ने ग्रिन कम्प्युटरको विकास गरी कालिकोटलगायतका जिल्लामा टेलिमेडिसिनसमेत सञ्चालन गरेँ ।
के हो त्यो ग्रिन कम्प्युटर भनेको ?
ग्रिन कम्प्युटर थोरै पावरमा चल्ने (३५ वाट विद्युत् मात्र खपत गर्ने), ४ जीबी मेमोरी र ५०० मेगाबाइटसम्म हार्डडिस्क क्षमताको रहेको छ । यो ग्रिन प्रविधिको कम्प्युटर अहिलेको ऊर्जा संकटको उत्तम विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ । यो प्रविधि जापानलगायत अन्य देशका सञ्चारमाध्यमले यो खबर प्रमुखताका साथ प्रकाशन–प्रसारण गरे पनि नेपालमा यो आविष्कारबारे चर्चा नै भएन ।
यसलाई एउटा सानो सोलार प्यानलबाट पनि दैनिक ८ घण्टाभन्दा बढी चलाउन सकिन्छ । लोडसेडिङको मार खेपिरहेको बेला ग्रिन कम्युटर देश सुहाउँदो प्रविधि भए पनि सरकारी वेवास्ता क्षेत्रको हेपाईको कारण यी अविष्कारहरु ओझेलमा परिरहेको छ ।
कहाँ–कहाँ प्रयोग भयो त तपाईंले बनाएको कम्प्युटर ?
नेपालमै पहिलोपटक माइक्रो कम्प्युटर बनाएपछि बनाएको देवनागरिक लिपिमा टाइप गर्न मिल्ने कम्प्युटर कृषि विकास बैंकको लागि निकै उपयोगी भयो । शुरुमा बनाएको माइक्रो कम्प्युटर सन् १९८६ मा ८५ हजार रुपैयाँका दरले कृषि विकास बैकले १६ वटा र एक थान अर्थ मन्त्रालयले किनेर प्रयोग गरेको थियो ।
पछिल्लो समय निर्माण गरेका ग्रिन कम्युटर पहाडी इलाकामा सञ्चालित विद्यालयमा लागि अति उपयोगी रहेको छ र ग्रामीण स्कूलको पुस्तकालयका लागि युनाइनेट मिसन टु नेपालले ५ सय वटा किनेर लगेको थियो ।
आवाजबाटै पानी तान्न सक्ने, बत्ती बाल्न र निभाउन सक्ने, रेडियो बजाउन र बन्द गर्न मिल्ने, छुनै नपर्ने उपकरणहरू बनाएको छु । ए ब्रेन अफ कम्प्युटर, सुपर कम्प्युटर, नेपाली बोल्ने रोबोर्ट, ग्रिन कम्प्युटर जस्ता प्रविधिहरु यही कम्पनीको निजी संग्रालयको रुपमा परिणत भइराखेको छ ।
नेपाल बैंकले ११७ वटा प्रयोग गरेको छ भने प्रविधि चिन्ने जान्नेहरुले सयौं संख्यामा किनेर प्रयोग गरेका छन् । दुई वटा कम्प्युटर राम्रो र गुणस्तरयुक्त भएकाले जापानमा समेत किनेर लगेका थिए । तर, नेपालमा कहाँको कम्प्युटर बन्नु ? यस्तो सामान कहिल्यै विदेश पठाएको छैन भन्दै एयरपोर्टमा लफडा नै मच्चाएको थियो ।
२० वर्षपछि पनि कस्तो बलियो कम्प्युटर बनाउनु भएको भन्दै नेपाल बैंकका कर्मचारीले मलाई धन्यवाद दिने गरेका छन् ।
प्रविधिसम्बन्धी अरु के–के काम गर्नु भयो ?
अरु थुप्रै रोचक भयो । प्रविधिमा आर्टिफिसियल इन्टेलिजेन्ससहितको रोबोर्ट, सेक्युरिटी यन्त्र उपकरण र अन्य थुप्रै कम्प्युटरका ग्याजेटहरू छन् ।
आवाजबाटै पानी तान्न सक्ने, बत्ती बाल्न र निभाउन सक्ने, रेडियो बजाउन र बन्द गर्न मिल्ने, छुनै नपर्ने उपकरणहरू बनाएको छु । ए ब्रेन अफ कम्प्युटर, सुपर कम्प्युटर, नेपाली बोल्ने रोबोर्ट, ग्रिन कम्प्युटर जस्ता प्रविधिहरु यही कम्पनीको निजी संग्रालयको रुपमा परिणत भइराखेको छ ।
नेपालमा देवनागरी लिपीमा लेख्ने कम्प्युटर सन् १९८३ मा बनाए । राष्ट्रिय गान श्रीमान गम्भीर नेपाली टाइप गरेर प्रिन्टमा देखाएँ ।
त्रिचन्द्र कलेजमा प्रर्दशनीमा आयोजना गरेर सबै प्रविधि सित्तैमा देखाईदिएँ । नेपालीमा प्रिन्ट भएको राष्ट्रिय गान देखेर बौद्धिक बर्गमा मानिसहरु ‘यो पो हो कम्प्युटर ? यस्तो पो हुँदोरैछ कम्प्युटर भनेको ?’भनेर अचम्म मान्थे ।
देवनागरी लिपीमा लेख्ने कम्प्युटर बनाएको खबर भारतमा पनि चर्चित बन्यो । भारतमा कम्पुटर बनेको थिएन । देवनागरिक र भारतीय लिपी उस्तै भएकाले उनका लागि भारतबाट आग्रह आउन थाल्यो । अमेरिका छाडेर आएको म भारतले बोलाउँदैमा किन जान्थेँ गइनँ । नेपालमा बनाउने भारतमा निर्यात गर्ने हो भन्ने लाग्यो ।
कम्प्युटरबाट नै मानिसको उपचार (टेलिमेडिसीन) प्रविधि भनेको के हो ?
कम्प्युटरबाट नै मानिसको उपचार भनेको रोगी अशक्त बिरामीलाई अन्य यन्त्रहरु प्रयोग गरेर मुटुको गति, रगतमा अक्सिजनको मात्रा कति छ ? ब्लड प्रेसर कति छ ? शारिरिक अवस्था शरीरको तापक्रम आफैंले चेक गराउन सकिन्छ ।
अर्को कुरा, दुर्गम जिल्लामा रहेका विरामीलाई काठमाडौंमै रहेका डाक्टरले इन्टरनेटको माध्यमबाट बिरामीको अवस्था हेरेर उपचार गर्ने हो । हालसम्म कालिकोटमा यस प्रविधिबाट १० हजार बिरामीको उपचार भइसकेको छ ।
यो क्षेत्रमा लागेर के उपलब्धि पाउनुभयो ?
करिब डेढ दर्जन हार्डवेयर र सफ्टवेयर उत्पादन गरिसकेको छु । मलाई नेपाल सरकारले साथ मात्रै दिएको भए नेपालले कम्प्युटर निर्माणको क्षेत्रमा ख्याति कमाउन सक्ने भइसक्थेँ ।
सन् १९७० को दशकसम्म विश्वमै सूचना प्रविधि अर्थात कम्प्युटरको विकास नभएको अवस्थामा मैले नेपालमै सबैलाई आश्चर्य पार्दै माइक्रोचिप्स प्रयोग गरी कम्प्युटर निर्माण गरेको हुँ ।
कम्प्युटरलाई प्राथामिकता दिँदै गर्दा २०४२ सालमा हाइटेक पायोनियर नामको पहिलो कम्प्युटर बनाउने कम्पनी खोलेर कम्प्युटर र यसका पार्ट्सहरूको इनोभेसनमा लागेँ ।
मैले दुःख कष्ट गरेर ठूलो मेहेनतको साथ सिकेको ज्ञानको उपयोग नभएकाले आज धेरै दुःख लागेको छ । आज नेपालमै सयौं जनालाई आफूले रोजगारी दिन्छु भन्दा दिन नपाउनु यो बडो दुःखको कुरा हो ।
मलाई योभन्दा धेरै वर्ष अगाडि अमेरिकाको कम्प्युटरसम्बन्धी एक कम्पनीले उतै बस्न आग्रह गरेको थियो । तर, म मेरो देश जान्छु आफूले जानेको सीप आफ्नै देशमा प्रयोग गर्छु भनेर यहाँ आएर हजारौ कम्प्युटर निर्माण गरेँ तर मलाई सरकारले साथ दिएन र सोचे अनुरुप अघि बढ्न सकिँन ।
मैले दुःख कष्ट गरेर ठूलो मेहेनतको साथ सिकेको ज्ञानको उपयोग नभएकाले आज धेरै दुःख लागेको छ । आज नेपालमै सयौं जनालाई आफूले रोजगारी दिन्छु भन्दा दिन नपाउनु यो बडो दुःखको कुरा हो ।
हिजोआज दिनचर्या कसरी बितिरहेको छ ?
अहिले घट्टेकुलोस्थित आफ्नै निवासमा बस्दै आएको छु । मेरो दिनचर्या यहि क्षेत्रमै नयाँ–नयाँ टेक्नोलोजीहरुको खोजी अध्ययनमै बितिरहेको छ । नजिकैको कम्प्युटर फ्याक्ट्री (मदरबोर्ड उत्पादन गर्ने मेसिन) तथा म्युजियम पायोनियर प्रालिमा नै बित्ने गरेको छ । फुर्सदको समयमा नयाँ– नयाँ प्रविधिका बारेमा सोच्ने, त्यस सम्बन्धी पत्र–पत्रिका पढ्ने गर्छु ।
अन्त्यमा हामीमार्फत केही भन्न चाहानु हुन्छ की ?
मेरो घरमा कम्प्युटर बनाउने मेसिन सबै छ । तर, त्यो मेसिन र प्रविधिले उचित बजार पाएको छैन । नेपालको एक मात्र कम्प्युटर म्युजियमका रूपमा रहेको निजी संग्रालयलाई सरकारले बृहत् रूपमा सञ्चालनमा ल्याउन सहयोग गरोस् भन्ने चहान्छु ।
सरकारले बनेपाको आइटी पार्कमा मैले खरिद गरेका र बनाएका कम्प्युटर राखेर नेपालमै उत्पादन गर्ने इच्छा रहेको छ । राज्यले पहिचान मात्र दिए जीवनको अन्तिम समयसम्म निस्वार्थ भएर कम्प्युटरलगायत विज्ञान तथा सूचना प्रविधिमा लाग्ने दृढ इच्छा शक्ति छ ।
प्रतिक्रिया दिनुहोस