
एजेन्सी । युक्रेनमा रुसले गरेको आक्रमणको बीचमा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेन प्रशासनमाथि खरो उत्रेका छन् । ट्रम्पले पुटिनले भने, ‘मेरो शासनकालमा पनि आक्रमण गर्ने तयारी गरेको तर मैले रुसको राजधानीमा बम बिष्फोट गर्ने धम्की दिएको बताएपछि उनले रोके ।’ ट्रम्पले आफ्ना साथी जोन डेलीसँग फोनमा कुरा गर्दै यस्तो दाबी गरेका हुन् । यसको भिडियो भाइरल भइरहेको छ ।
फोनमा कुरा गर्दै ट्रम्पले ओबामाको शासनकालमा रुसले क्रिमियालाई गाभेको र अब बाइडेनको शासनकालमा युक्रेनमा आक्रमण गरेको द सनले जनाएको छ । उनले भने–‘मेरो शासनकालमा अमेरिकालाई आँखा देखाउने हिम्मत कसैको थिएन ।’
ट्रम्पले वार्ताका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङको बारेमा पनि नयाँ खुलासा गरेका छन् । उनले भने, ‘मैले चीनका राष्ट्रपतिलाई भनेको थिएँ तपाई धेरै उडान नगर्नुहोस्, अन्यथा ताइवान छिट्टै नयाँ देश बन्नेछ । यसपछि जिनपिङ शान्त भएको ट्रम्पले बताएका छन् ।’
ट्रम्पले भनेका छन्, ‘अफगानिस्तानबाट जसरी हाम्रो सेना फर्किएको छ, रुस र चीनले प्रोत्साहन पाएको छ । अहिले अमेरिका कमजोर भएकोले कुनै ठूला निर्णय लिन नसक्ने दुवै देशले बुझेका छन् । रुस–युक्रेन युद्धपछि चीनले ताइवानमाथि पनि आक्रमण गर्न सक्छ ।’
युक्रेनमा रुसी सेनाको आक्रमण लगातार ११ औं दिन पनि जारी छ । पुटिनले युक्रेनमा सुधार नगरे नतिजा भयानक हुने चेतावनी दिएका छन् । उनले रुसले युक्रेनका सबै सैन्य अड्डाहरू ध्वस्त पारेको बताए । दुई देशबीच तेस्रो चरणको शान्ति वार्ता सोमबार हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस