aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

विद्युत् नियमन आयोगमा अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ फागुन २०७८
विद्युत् नियमन आयोगमा अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान

काठमाडौं । सरकारले विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान गरेको छ । इच्छुक र योग्य उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्नेछन् । 

अध्यक्ष, तीन सदस्य (एक महिलासहित)का लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, सिफारिस समितिले सोमबार सार्वजनिक सूचना जारी गरेर दरखास्त माग गरेको हो । 

आवेदन परेकामध्ये कार्ययोजनाको मूल्याङ्कनका आधारमा संक्षिप्त सूचीमा परेका बढीमा पाँच जनालाई कार्ययोजना प्रस्तुतिका लागि बोलाइने छ ।

प्रतिक्रिया दिनुहोस