एजेन्सी । रुस र युक्रेनबीच जारी युद्धको आज १२ औं दिन हो । अन्तर्राष्ट्रिय अदालतमा युक्रेन युद्धको सुनुवाइ सुरु भएको छ । तर, रुसले यो सुनुवाईमा भाग लिएको छैन । यो सुनुवाइ आज र भोलि दुई दिन चल्नेछ । रूसले युक्रेनमा युद्धविराम घोषणा गरेको छ ।
यस अवधिमा युद्धमा फसेका मानिसहरूलाई बाहिर निकाल्न मानव करिडोर बनाइने बताइएको छ । रुसले युक्रेनमा युद्धविराम घोषणा गरेको यो दोस्रो पटक हो । यसअघि दुई सहरमा युद्धविराम गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस