aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

युक्रेनको खार्किभ शहरमा देखिएको भयावह मानवीय संकट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ फागुन २०७८
युक्रेनको खार्किभ शहरमा देखिएको भयावह मानवीय संकट

एजेन्सी । युक्रेनको दोस्रो ठूलो सहर खार्किभले ठूलो मानवीय प्रकोपको सामना गरिरहेको छ । यस्तै मानिसहरु आफ्नो ज्यान जोगाउन यो सहरबाट निस्किएको छ । खार्किभको रेलवे स्टेसनमा मानिसको ओइरो लागेको  देखिन्छ । भोकले रोइरहेका बालबालिका, रोइरहेका बालबालिका, वृद्धवृद्धा, महिला र असहाय युवा छन । सबैजना रुसी मिसाइल र बम विस्फोटबाट कुनै न कुनै रूपमा आफ्नो जीवन बचाउन चाहन्छन् ।

खार्किभ रेलवे स्टेशनमा पाइला राख्ने ठाउँ पनि छैन । त्यहाका प्रतीक्षालय भरिएका छन । स्टेशनमा तिल राख्ने ठाउँ छैन । धेरै पटक खार्किभ रेलवे स्टेशनको ढोका बन्द गर्नुपरेको छ । खार्किभबाट मानिसहरू युक्रेनको सिमानामा जान्छन् र  त्यसपछि त्यहाँबाट उनीहरू युक्रेन छोड्न सक्षम हुन्छन् । खार्किभ युक्रेनको दोस्रो ठूलो सहर हो जहाँ रुसी आक्रमणको प्रकोप सबैभन्दा बढी देखिएको छ । रुसी आक्रमणमा खार्किभको टिभी टावर ध्वस्त भएको छ । आइतबार राति रुसले उक्त सहरमा भारी बमबारी गरेको थियो । यस बम विष्फोटमा ८ जनाको मृत्यु भएको छ ।

युक्रेनमा युद्ध सुरु भएयता १५ लाख मानिस पलायन भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । तीमध्ये अधिकांश सीमावर्ती देश पोल्याण्ड गएका छन् । यसैबीच, मस्कोबाट आशाको किरण आएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार युक्रेनका चार सहरमा युद्धविरामको घोषणा गरेका छन् । त्यहा उद्धार कार्य भइरहेको छ । खार्किव र सुमी सहरहरूमा ठूलो संख्यामा अन्य विदेशी नागरिक पनि फसेका छन्।

प्रतिक्रिया दिनुहोस