
एजेन्सी । भारतको उत्तर प्रदेश, पञ्जाब र उत्तराखण्डलगायत पाँच राज्यमा भएको विधानसभा चुनावका सम्बन्धमा विभिन्न विदेशी एजेन्सीहरूले एक्जिट पोल गरेका छन् ।
उत्तर प्रदेशमा सोमबार सातौं र अन्तिम चरणको मतदान भएको थियो । त्यसयता सबै एजेन्सीहरूले एक्जिट पोलको अनुमान खुलाइरहेका छन् । एक्जिट पोलका अनुसार उत्तर प्रदेशमा भारतीय जनता पार्टीले फेरि पूर्ण बहुमत ल्याउने प्रक्षेपण गरिएको छ । योसँगै पञ्जाबमा आम आदमी पार्टीले बहुमतको आँकडा पार गर्न सक्छ ।
उत्तर प्रदेशका ४०३ सिटका लागि भएका धेरै एक्जिट पोलमा बीजेपीले फेरि बहुमत ल्याउने भविष्यवाणी गरिएको छ । सन् २०१७ मा भाजपाले ३१२ र सहयोगीले ३२५ सिट पाएका थिए ।
इन्डिया टुडे एक्सिसको एक्जिट पोल अनुसार भाजपाले उत्तर प्रदेशमा २८८ देखि ३२६ सिट पाउने अनुमान गरिएको छ । समाजवादी पार्टीले ७१ देखि १०१ सिट जित्न सक्छ । बसपाले तीनदेखि नौ सिट पाउने अनुमान गरिएको छ ।
कांग्रेसले एकदेखि तीन सिट जित्न सक्छ । जबकि अन्य दलले दुईदेखि तीन सिट पाउन सक्छन् । टाइम्स नाउ–भिटो (भिइटीओ) एक्जिट पोलले बीजेपीलाई २२५ सिट, समाजवादी पार्टी गठबन्धनलाई १५१, बसपालाई १४, कांग्रेसका लागि नौ र अन्य दलहरूलाई चार सिटको भविष्यवाणी गरेको छ ।
इन्डिया न्यूजले बीजेपीलाई २२२ देखि २६० सिट, समाजवादी पार्टीलाई १३५ देखि १६५ र बसपालाई चारदेखि नौ सिटको अनुमान गरेको छ । न्युज१८ पी मार्कको एक्जिट पोलले बीजेपीलाई २४० सिट, समाजवादी पार्टीलाई १४० र बसपालाई १७ सिट पाउने भविष्यवाणी गरेको छ ।
पञ्जाबमा कुल ११७ सिट छन् र बहुमतका लागि ५९ सिट आवश्यक छ । धेरै एक्जिट पोलमा आम आदमी पार्टीले पञ्जाबमा बहुमत ल्याउने प्रक्षेपण गरेको छ । इन्डिया टुडे एक्सिसका अनुसार पञ्जाबमा आम आदमी पार्टीले बहुमत ल्याउन सक्छ ।
एक्जिट पोलका अनुसार आम आदमी पार्टीले कुल ११७ सिटमध्ये ७६ देखि ९० सिट जित्न सक्छ । अर्कोतर्फ कांग्रेसले १९ देखि ३१ सिट पाउने अनुमान गरिएको छ । अकाली दलले ७ देखि ११ सिट पाउने अनुमान गरिएको छ ।
सन् २०१७ मा कांग्रेसले बहुमत ल्यायो । कांग्रेसले ७७ सिट पाएको छ । रिपब्लिक टिभी र पी–मार्कका अनुसार आम आदमी पार्टीले ६२ देखि ७० सिट पाउने अनुमान गरिएको छ । कांग्रेसले २३ देखि ३१ सिट जित्न सक्छ । शिरोमणि अकाली दलले १६ देखि २४ सिट जित्न सक्छ । अन्य दलले एकदेखि तीन सिट पाउने अनुमान गरिएको छ ।
एबीपी न्यूज – सी भोटरका अनुसार पञ्जाबमा आम आदमी पार्टीले ५१ देखि ६१, कांग्रेसले २२ देखि २८ र अकाली दलले २० देखि २६ सिट पाउने अनुमान गरिएको छ। भाजपाले ७ देखि १३ सिट पाउने अनुमान गरिएको छ ।
उत्तराखण्डमा भाजपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा छ । एबीपी सी भोटर्सका अनुसार कांग्रेस उत्तराखण्डमा सबैभन्दा ठूलो पार्टी बन्न सक्छ । जबकि इन्डिया टुडे माई एक्सेसले बीजेपी सबैभन्दा ठूलो पार्टी बन्ने भविष्यवाणी गरेको छ ।
एबीपी सी भोटर्सको एक्जिट पोल अनुसार उत्तराखण्डमा कांग्रेसले ३२ देखि ३८ सिट र भारतीय जनता पार्टीले २६ देखि ३२ सिट जित्न सक्छ। अरुको खातामा तीनदेखि सात सिट आउन सक्छ ।
२०१७ को चुनावमा, बीजेपीले उत्तराखण्डमा बहुमत हासिल गरेको थियो । इन्डिया टुडे एक्सिस माईका अनुसार भाजपाले ३६ देखि ४६ र कांग्रेसले २० देखि ३० सिट पाउने अनुमान गरिएको छ । यो एक्जिट पोल अनुसार बसपाले दुईदेखि चार सिट जित्न सक्छ । दुईदेखि पाँच सिट अन्य दलको खातामा जाने अनुमान छ । उत्तराखण्डमा आम आदमी पार्टी पनि चुनावी मैदानमा उत्रिएको छ ।
गोवामा कुल ४० सीटहरू छन् । बहुमतका लागि २१ सिट आवश्यक छ । यहाँ पनि कांग्रेस र भाजपाबीच कडा टक्कर हुने अनुमान गरिएको छ । इन्डिया टुडे एक्सिसको एक्जिट पोलका अनुसार गोवामा भाजपाले १४ देखि १८ सिट, कांग्रेसले १५ देखि २०, टीएमसीले दुईदेखि पाँच सिट पाउने अनुमान गरिएको छ । अन्य दलले चार सिट पाउनेछन् ।
एबीपी सी भोटर्सका अनुसार भाजपाले १३ देखि १७ सिट, कांग्रेसले १२ देखि १६ सिट पाउने अनुमान गरिएको छ । आम आदमी पार्टीले एक देखि पाँच सिट र टीएमसीले पाँचदेखि नौ सिट पाउने अनुमान गरिएको छ ।
पछिल्लो पटक कांग्रेस सबैभन्दा ठूलो दल बनेको थियो तर भाजपा सहयोगीहरूको सहयोगमा सरकार बनाउन सफल भएको थियो । मणिपुरमा केही एक्जिट पोलले भाजपालाई बहुमतको सम्भावना देखाएको छ । उही समयमा, केहि एक्जिट पोलले कडा प्रतिस्पर्धाको भविष्यवाणी गरेका छन्।
इन्डिया टुडे एक्सिसको एक्जिट पोल अनुसार भाजपाले मणिपुरमा ३३ देखि ४३ सिट जित्न सक्छ । योसँगै कांग्रेसले चारदेखि आठ सिट पाउने अपेक्षा गरिएको छ । अन्य दलले १० देखि २३ सिट पाउन सक्छन् ।
एबीपी न्यूज सी भोटरका अनुसार मणिपुरमा बीजेपीले २३ देखि २७, कांग्रेसले १२ देखि १६ र एनपीपीले १० देखि १४ सिट प्राप्त गर्न सक्छ । उत्तर प्रदेशमा ४०३ विधानसभा सीटका लागि सात चरणमा मतदान भएको थियो। पहिलो चरणको मतदान फागुन १० गते र अन्तिम चरणको मतदान सोमबार (मार्च ७) भएको थियो ।
पञ्जाबको ११७ सिटका लागि २० फेब्रुअरीमा मतदान भएको थियो । फेब्रुअरी १४ मा उत्तराखण्डका ७० र गोवामा ४० सिटका लागि मतदान भएको थियो । मणिपुरमा ६० सिटका लागि दुई चरणमा मतदान भएको थियो ।
प्रतिक्रिया दिनुहोस