
काठमाडाैं । मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भागभन्दा दक्षिणतिर अवस्थित रहेकाले मनसुनी गतिविधि कम सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
न्यूनचापीय रेखा अहिले नेपालबाट टाढा रहेकाले मनसुन कमजोर रहेको महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताइन्।
‘उक्त प्रणाली विस्तारै नेपालसम्म आइपुग्न अझै तीन-चार दिन लाग्ने भएकाले तत्काल मनसुन पूर्ण सक्रिय हुने अवस्था छैन’, उनले भनिन्।
यो समयमा वर्षा नै नहुने भने होइन।
‘आइसुलेटेड’ जुन स्थानमा पर्छ। सोही स्थानमा छोटो समयमा भारी वर्षा पनि हुन सक्छ तर त्यसलाई देशव्यापीरूपमा मनसुन पूर्ण सक्रिय भएको भन्न नमिल्ने मौसमविद् कँडेलको भनाइ थियो।
साउन १४ गते (मंगलबार)
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरूमा वर्षा हुने संभावना रहेको छ।
राति: देशको पश्चिमी भू-भागमा सामान्यदेखि पूर्ण बदली साथै मध्य तथा पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानहरूमा, पूर्व र मध्यका थोरै स्थानमा वर्षा हुने संभावना छ| देशको पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको संभावना छ।
साउन १५ गते (बुधबार)
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरूमा वर्षा हुने संभावना छ् । देशको पश्चिमि पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको संभावना छ।
राति: देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानहरूमा वर्षा हुने संभावना छ |
साउन १६ गते (बिहीबार)
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरूमा वर्षा हुने संभावना छ ।
राति: देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानहरूमा वर्षा हुने संभावना छ |
प्रतिक्रिया दिनुहोस