aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक दर्जनबढी महिला सम्मानित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ फागुन २०७८
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक दर्जनबढी महिला सम्मानित

काठमाडौं । नेपाल उद्योग परिसंघले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विभिन्न क्षेत्रमा सक्रिय रहेका महिलाहरूलाई सम्मान गरेको छ। साथै परिसंघले महिलालाई अघि बढ्न उत्प्रेरित गर्न सहयोग गर्ने पुरुषहरूलाई पनि परिसंघले सम्मान गरेको छ। 

काठमाडौंमा आयोजित कार्यक्रममा परिसंघले आफ्नो क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउनु भएका महिलाहरू रेणु शर्मा, कमला उप्रेती, उमा तामाङ, शर्मिला श्रेष्ठ, प्रकृति भट्टराई बस्नेत, प्रतिमा थापा, अलिशा श्रेष्ठ, निलम पाण्डे, अनुपमा खुँजेली, उपाशना पौडेल, आँचल कुँवर, सुमिति शाक्य, गीता श्रेष्ठ, सोना खातिक र महिलाबाट नेतृत्व प्रदान भएको गोरख काली गुल्मलाई सम्मान गरिएको छ।यसैगरी नेपाल पेपर क्राफ्टलाई पनि सम्मान गरिएको छ। 

यसैगरी महिलाहरूलाई प्रोत्साहन गर्ने श्रीमान्‌हरूलाई पनि सम्मान गरिएको छ। परिसंघलेप्रभुराम भण्डारी, शम्भु धमला, अभयशंकर श्रेष्ठ, डम्बर खनाल, बिक्रम श्रेष्ठ, दिनेशबहादुर श्रेष्ठ, अमिरप्रताप राणा, ललितकुमार लोहिया, डा रवीन्द्र खुँजेली, द्विराज शर्मा, अरुणध्वज अधिकारी, इयान ओक्ले वाल, निर्वाण चौधरी रप्रनेश शर्मालाई सम्मान गरिएको छ। 

कार्यक्रममा राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी प्रधान सिंहले नयाँ पुस्तालाई उद्यमशीलतातर्फ प्रोत्साहन गर्न आग्रह गर्नुभयो। उहाँले लैंगिक समतामूलक समाज निर्माणका लागि सबैले आफ्नो ठाउँबाट योगदान गरेनुपर्नेमा जोड दिए। उनले संस्थागत सामाजिक उत्तरदायित्वको रकम महिला सशक्तीकरण र महिला उद्यमशीलता विकासमा लगाउन व्यावसायिक संस्थाहरूलाई आग्रह गरे।
 
कार्यक्रममा परिसंघका कार्यबाहक अध्यक्ष निर्वाण चौधरीले महिलाहरूलाई अर्थतन्त्रको मूलप्रवाहमा ल्याउँदै दीगो आर्थिक विकासको आधार तयार गर्नुपर्नेमा जोड दिए। दक्षिण एसियामा नेपालले महिलाहरूलाई वित्तीय पहुँच विस्तारमा उल्लेखनीय काम गरिरहेको बताए। उनले अहिलेको विश्वमा महिलाहरूले महत्त्वपूर्ण क्षेत्रमा सफल नेतृत्व गरिरहेको पनि उल्लेख गरे।

परिसंघअन्तर्गतको वुमन लिडरसिप फोरमकी सभापति छाँया शर्माले भविष्यको दीगोपनका लागि आजैबाट लैंगिक समानताका लागि काम गर्नुपर्ने बताउनुभयो। महिलाउद्यमशीलता विकास गरी अर्थतन्त्रको दीगो विकासका लागि पनि सरोकारवालाहरूले सोच्नुपर्नेमा जोड दिए। ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस मंगलबार मनाइँदैछ। यसै अवसरमा परिसंघले सम्मान कार्यक्रम आयोजना गरेको हो। 
 

प्रतिक्रिया दिनुहोस