aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

गाइकाे बाछी काेरेलिले नब्याइकनै दैनिक ५ लिटर दुध दिन थालेपछि...

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ साउन २०७६
गाइकाे बाछी काेरेलिले नब्याइकनै दैनिक ५ लिटर दुध दिन थालेपछि...

उर्लाबारी । दुनियाँमा नयँ नयाँ कल्पना नगरिएका कुराहरू बेलाबखत हामी सुन्न र देख्ने गर्दछाैं । यस्तै एक अचम्मकाे घटना मोरङका एक किसानले पालेको कोरली बाछीले दुध दिन थालेको छ । नब्याई दूध दिन थालेको सो बाछीले बिहान बेलुकी गरेर ५ लिटर दुध दिंदै आएको छ । मोरङ उर्लाबारी–८ राजघाटका किसान देवीप्रसाद लामिछानेले पालेको बाछीले नब्याई दूध दिन थालेको हो । ४ बर्ष उमेरको सो बाछीले साढे २ बर्ष अघिबाट नै नियमित दूध दिदै आएको छ ।

आफैले पालेको होलस्टेन जातको गाईबाट ब्याएको सो बाछीले बिहानबेलुकी गरेर नियमित ५ लिटर दुध दिंदै आएको छ ।  होलस्टेनको बिउबाट लोकल गाईसंग क्रस गराएर नश्ल सुधारगरि जन्मिएको सो बाछी ८ महिनाकै उमेरमा अस्वाभाविक गतिविधि देखाउन थालेको गाई पालक किसान देवीप्रसाद लामिछानेले जानकारी दिए ।

उहांले सानै उमेरमा बाछी कराउन थालेपछि आफुले पशु चिकित्सकलाई बोलाउदा गर्भधारण गराउने उमेर नपुगेको चिकित्सकले सल्लाह दिएको लामिछानेले जानकारी दिनुभयो । त्यसको केहि समयपछि गाई सिकिस्त विरामी परेको र सो समयमा उपचार गराउदा केहि औषधिहरु खुवाएको लामिछानेले बताए । औषधि खुवाएको केहिदिन पछि बाछी दूध दिने लक्षण देखिन थालेको ७९ बर्षिय किसान लामिछानेको भनाई छ । गोठमा रहेको माउ गाईसंगै कोरली बाछीले समेत नियमित दुध दिन थालेपछि घरमा हुने खपत भन्दा बढी भएको दूध लामिछाने परिवारले छरछिमेकमा बिक्री गर्दै आएका छन ।

शुरुशुरुमा कोरली बाछीले दूध दिन थालेको थाहा पाएका छरछिमेकले अचम्म मानेको देवीप्रसादकी श्रीमति नरमाया लामिछानेले बताउनुभयो । गाई विरामी हुंदा जुकाको औषधि खुवाएको र त्यसको केहिदिन पछि बाछीले दुध दिने लक्षण देखिन थालेको उहांले जानकारी दिनुभयो । गाई र बाछीको उपचार गर्दै आएका उर्लाबारीका चिकित्सले बाछी दुहन सल्लाह दिएयता नियमितरुपले दुहुंदै आएको नरमायाको भनाई छ ।  

कोरली बाछीले दूध दिइरहेको थाहा पाएका केहि ब्यक्ती घरमै आएर बाछी किनि मागेको नरमायाले बताए । प्रकृतिमा अचम्मकारुपमा हेरिने यसप्रकारका अनेकौ घटनाहरु हुने गरेको छ । नब्याई दुध दिन थालेको यो बाछीपनि त्यसैको एउटा श्रृंखलाकोरुपमा स्थानियले लिएका छन । हार्मोनको गडबडीका कारण सो गाईले दुध दिएको हुनसक्ने जानकार बताउंछन ।  

प्रतिक्रिया दिनुहोस