
काठमाडौं । काँग्रेस देवेन्द्रराज कँडेलले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका युक्तप्रसाद श्रेष्ठको मृत्यु शंकास्पद भएको भन्दै ९० केजीको मानिस आठ तलाबाट खस्दा रगत किन आएन ? भनेर प्रश्न गरे ।
उनले श्रेष्ठको हत्या त होइन भन्दै ललिता निवास प्रकरण लुकाउन हत्या गरिएको हुनसक्ने भन्दै घटना शंकाष्पद भएको बताए । दिलेन्द्रपसाद बडुले कञ्चनपुरका बसन्त बहादुर सिहको हत्या भएको लामो समय भएपनि त्यसबारे सत्यतथ्य बाहिर नआएको भन्दै यथार्थ बाहिर ल्याउन गृहमन्त्रीसँग माग गरे ।
नेमकिपाका सांसद प्रेम सुवालले गम्भीर अपराधिक प्रवृत्तिका घटनाहरु बढ्दै गएको भन्दै अपराधीहरुलाई मृत्युदण्डको साजय दिने कानुन बनाउनुपर्ने सुझाव दिए । नेकपाका सांसद झपट रावलले भ्रष्टाचारीहरुले आत्महत्या गर्न थालेको भन्दै भ्रष्टचार गर्नेहरु भने दैनिक १० जना मरेको समाचार आएपनि केही नहुने बताए । उनले भने, ‘निर्दोष नपरुन् । भ्रष्टाचारी भए दिनको दशजना मरेको समाचार आवस केही हुँदैन ।’
प्रदेश प्रहरीले अनुसन्धान गर्न महान्यायधिवक्ता वा सरकरी वकिलको अनुमति लिएरमात्रै पाउने गृह मन्त्रालयको प्रस्ताव हट्ने भएको छ । प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिको मङ्गलबारको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी छलफलमा प्रदेश प्रहरीको काम कर्तव्य र अधिकारबारेको विधेयकको छलफलका क्रममा गृहको प्रस्तावको उक्त बुँदामा व्यवस्था हटाइने भएको हो ।
अपराध अनुसन्धान गर्न सरकारी वकिलको अनुमति लिएरमात्रै गर्ने भन्ने ठाउमा प्रदेश प्रहरीले अभियोजन गर्ने वेलामा मात्रै सहयोग लिने भन्ने उल्लेख गरिने भएको छ । समितिको बैठकमा सांसदहरुले छलफलको विषयबाहेक समसामयिक अन्य विषयमा धारणा राखेका थिए ।
सांसद डिला संग्रौलाले निर्मला हत्या प्रकरणमा गृहमन्त्रीले दिएको जवाफ गैरजिम्मेवार भएको भन्दै गृहमन्त्रीले नै यस्ता घटना भइरहन्छन् भन्नु कति जिम्मेवार अभिव्यक्ति हो भनेर प्रश्न गरिन् ।
प्रतिक्रिया दिनुहोस