aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

भारतमा फेरि भाजपाकै राज चल्ने निश्चित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ फागुन २०७८
भारतमा फेरि भाजपाकै राज चल्ने निश्चित

एजेन्सी । भारतको उत्तर प्रदेशमा मतगणनाको डेढ घण्टा पूरा भएको छ । प्रवृत्ति अनुसार भाजपाले बहुमत ल्याएको छ । भाजपाले २०३ सिटको अंक पार गरेको छ । एसपीले पनि सय नाघेका छन् । तेस्रो नम्बरको बसपाले दोहोरो अंक पनि पार गर्न सकेको छैन । गोरखपुरबाट योगी आदित्यनाथ र कर्हलबाट अखिलेश यादवले अग्रता लिएका छन् । 

तर, काशी विश्वनाथ सिटबाट भाजपाका उम्मेदवार नीलकण्ठ तिवारी पछि परेका छन् । लखनउको सरोजिनी नगरबाट बीजेपीका उम्मेदवार राजेश्वर सिंहले ठूलो जित निकालेका छन् । उनले यूपीमा भाजपाको सरकार बन्ने र आफू एक लाख मतले विजयी हुने बताए ।
 

प्रतिक्रिया दिनुहोस