aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

शिक्षक महासंघको सहमति कानुन अनुसार कार्यान्वयन हुन्छ : शिक्षामन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ फागुन २०७८
शिक्षक महासंघको सहमति कानुन अनुसार कार्यान्वयन हुन्छ : शिक्षामन्त्री

धादिङ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षक महासंघसँग गरेको सहमति कानुन अनसार कार्यान्वयन गर्ने बताएका छन । धादिङको गंगा जमुना गाउँ पालिकाको शिवालय र तामाङखर्क माविको भवन उद्घाटन गर्दैं मन्त्री पौडेलले शिक्षक महासंघसँग गरेको सहमति संघीयता विरोधी नभएको बताएका हुन ।

‘शिक्षक महासंघसँग गरेको सहमतिको विषयमा विभिन्न सवालहरु उठेका छन्’ मन्त्री पौडेलले भने, ‘संघीयताको मर्म अनुसार कानुनसँग नबाझिने तरिकाले कार्यान्वयन हुन्छ ।’ संविधान अनुसार अधिकार दिने विषयमा आफू प्रतिबद्ध रहेको बताउँदै आगामी वर्षदेखि एसईई प्रदेशलाई जिम्मादिने तयारीमा रहेको बताए । 

मन्त्री पौडेलले शिक्षामा बजेटको आकार बढाउने विषयमा प्रधानमन्त्रीसँग पनि छलफल गरेको बताउँदै आगामी वर्षमा बजेटको आकार बढ्ने बताए । ‘शिक्षा सुधारका लागि योजना बनाएका छौं,’मन्त्री पौडेलले भने, ‘आगामी वर्षको बजेटमा शिक्षामा बजेटका आकार बढ्छ ।’
 

प्रतिक्रिया दिनुहोस