aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

भारतको चुनावमा काँग्रेस तेस्रो स्थानमा, उत्तर प्रदेशद्वारा डबल इन्जिनमा चल्ने निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ फागुन २०७८
भारतको चुनावमा काँग्रेस तेस्रो स्थानमा, उत्तर प्रदेशद्वारा डबल इन्जिनमा चल्ने निर्णय

एजेन्सी । उत्तर प्रदेशले फेरि मोदी–योगीको डबल इन्जिनमा चल्ने निर्णय गरेको छ । मतगणना भएको दुई घन्टाभित्र भाजपाले दुई सय पचास भन्दा बढी सिटमा अग्रता लिएको छ । तर, योगीले पछिल्लो पटकको प्रदर्शन दोहोर्याउन नसकेको प्रवृत्तिले पनि देखाएको छ । पछिल्लो पटक भाजपाको खातामा ३१२ सिट गएको थियो ।

भाजपाले करिब ५० सिट गुमाएको छ र अखिलेशले त्यसको फाइदा उठाइरहेका छन् । सपाले ६० भन्दा बढी सिटको फाइदा उठाइरहेको छ । सबैभन्दा खराब अवस्था बसपा र कांग्रेसको छ । जसले अहिलेसम्म १० को अंक पनि छुन सकेका छैनन्। सोनिया गान्धीको गढ रहेको रायबरेलीमा कांग्रेस तेस्रो नम्बरमा छ । यहाँ भाजपाकी अदिति अग्रस्थानमा छिन् ।

गोरखपुरमा योगी र अखिलेश कर्हालमा अगाडि छन् । तर चुनावअघि अखिलेशसँग सामेल भएका स्वामी प्रसाद फाजिल नगरमा १० हजार मतले पछाडि छन् । योगीका उपमुख्यमन्त्री केशवप्रसाद मौर्य पनि सिरथुमा पछाडि छन् ।

कांग्रेसको गढ रायबरेलीमा भाजपाकी अदिति सिंह अग्रस्थानमा छिन् । तेस्रो नम्बरमा कांग्रेस उम्मेदवार मनिष चौहान छन् । भाजपा छोडेर सपामा प्रवेश गरेका स्वामी प्रसाद मौर्य फाजिल नगरमा १० हजार मतले पछाडि छन् । त्यहाँ भाजपाका सुरेन्द्र कुशवाहा अगाडि छन् ।

यूपीको सबैभन्दा हट सिट कैरानामा जेलबाट चुनाव लड्दै आएका सपाका नाहिद हसन पछि परेका छन् भने भाजपाकी मृगांका सिंह अगाडि छन् । लखनउको सरोजिनी नगरबाट बीजेपीका उम्मेदवार राजेश्वर सिंहले ठूलो जित निकालेका छन् । उनले भने, ‘म एक लाख मतले जित्नेछु ।’ 
 

प्रतिक्रिया दिनुहोस