aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

भारतीय विधानसभाको निर्वाचन : कुन पार्टीले कहा कति सिट जित्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ फागुन २०७८
भारतीय विधानसभाको निर्वाचन : कुन पार्टीले कहा कति सिट जित्यो ?

एजेन्सी । भारतको उत्तर प्रदेश, उत्तराखण्ड, पञ्जाब, गोवा र मणिपुरमा भएको विधानसभा चुनावको मतगणना जारी छ । पञ्जाब बाहेक सबै राज्यमा भाजपा अगाडि रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन ।

यूपी विधानसभा चुनावको मतगणनाको प्रवृत्तिमा, भाजपा २५० सिटमा अगाडि छ र बहुमतको आंकडा पार गरेको छ । पञ्जाब विधानसभा चुनावको नतिजामा आम आदमी पार्टी बहुमतभन्दा पनि बढी सिट ल्याएको छ । 

७० सिट भएको उत्तराखण्ड विधानसभा चुनावको नतिजामा भाजपा ४० भन्दा बढी सिटमा अगाडि छ । ४० सिट भएको गोवा विधानसभामा भाजपा १९ सिट र कांग्रेस ११ सिटमा अगाडि छ । ६० सिट भएको मणिपुर विधानसभामा भाजपा २१ सिटमा अगाडि छ ।
 

प्रतिक्रिया दिनुहोस