aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

भारतमा चुनावी नतिजासँगै शेयर बजारमा रौनक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ फागुन २०७८
भारतमा चुनावी नतिजासँगै शेयर बजारमा रौनक

एजेन्सी । भारतमा आज साताको चौथो दिन शेयर बजारमा उछाल आएको छ । बम्बई स्टक एक्सचेन्ज (बीएसई) सेन्सेक्स ८१७ अंक (१.५ प्रतिशत%) बढेर ५५,४६४ मा पुगेको छ भने नेशनल स्टक एक्सचेन्जको निफ्टी २४९ अंक (१.५३ प्रतिशत)ले बढेर १६,५९४ मा बन्द भएको छ । यसलाई बैंकिङ स्टकहरूले समर्थन गरेको थियो । 

सेन्सेक्सका ३० वटा स्टकमध्ये २७ वटा बढेको र तीन वटा घटेका छन । गिरावट स्टकहरू डा. रेड्डी, टेक महिन्द्रा र आईटीसी थिए । यी बाहेक आईसीआईसीआई बैंक, बजाज फाइनान्स, रिलायन्स, एशियन पेन्ट्स, टाइटन, एनटीपीसी र एचडीएफसी बैंकको शेयर १–१ प्रतिशतले बढेको छ । कोटक बैंक, इन्फोसिस, एयरटेल, अल्ट्राटेक, विप्रो, पावरग्रिड र सन फार्मा पनि बढेका छन् ।
 

प्रतिक्रिया दिनुहोस