aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेप्सेमा जागिर खुल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ फागुन २०७८
नेप्सेमा जागिर खुल्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । नेप्सेले प्रवन्धक, सहयक प्रवन्धक, वरिष्ठ अधिकृत र अधिकृतमा दरखास्ता आह्वान गरेको हो । 

योग्यता पुगेका इच्छुक उम्मेदवार हरूले सूचना प्रकाशित मितिको २१ दिनभित्र दरखास्त दिन सक्ने छन् । त्यस्तै डबल दस्तुर तिरेर त्यसपछि ७ दिन भित्र आवेदन दिन सक्ने छन् । उमेरहद २१–३५ वर्ष तोकिएको छ । तर, महिलाको हकमा भने उमेरहद २१–४० वर्ष तोकिएको छ । 

तह अनुसार परीक्षा दस्तुर फरक–फरक रहेको छ । छैटौँ तहका लागि १ हजार ५०० रुपैयाँ छ भने सातौँलाई २ हजार र आठौँ देखि दशौँ तहको लागि २ हजार ५०० रुपैयाँ परीक्षा दस्तुर तोकिएको छ । सम्बन्धीत विषयमा स्नातक तहदेखि चार्टर्ड एकाउन्टेन्सी उत्तीर्ण गरेको हुनुपर्ने न्यूनतम शैक्षिक योग्यता तोकिएको छ । त्यस्तै यी पदमा दरखास्त दिन अनुभावको पनि आवश्यकता पर्ने छ । 


 

प्रतिक्रिया दिनुहोस