aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पाकिस्तानी सेनाको हवाईजहाज दुर्घटनामा ज्यान गुमाउनेको संख्या १८ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ साउन २०७६
पाकिस्तानी सेनाको हवाईजहाज दुर्घटनामा ज्यान गुमाउनेको संख्या १८ पुग्यो

रावलपिण्डी । पाकिस्तानी शहर रावलपिण्डी नजिकको आवासीय क्षेत्रमा आज (मंगलबार) बिहान भएको सैनिक विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।

सेनाको प्रमुख कार्यालयहरु रहेको रावलपिण्डी शहरको छिमेकमा रहेको एक गाउँमा विमान दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा मारिएका १३ जना सर्वसधारण र पाँच चालक दलका सदस्यसहित १८ जनाको शव अस्पताल लगिएको उद्धार टोलीका प्रवक्ता फारोक बुटाले बताए ।

राजधानी इस्लामाबाद नजिकै भएको दुर्घटनामा १२ सर्वसाधारण पनि घाइते भएका छन् ।

सबै शव जलेकाले परिचय खुलाउन डिएनए परीक्षण गर्नु पर्ने अवस्था रहेको बुटाले जानकारी दिए ।

दुर्घटनामा एकै परिवारका सात जनाको ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनप्रति पाकिस्तानी प्रधानमन्त्री इमरान खानले गहिरो समवेदना प्रकट गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस