aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

प्रेस चौतारी नेपालको महाधिवेशनमा एघार पत्रकार सम्मानित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ फागुन २०७८
प्रेस चौतारी नेपालको महाधिवेशनमा एघार पत्रकार सम्मानित

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट विभिन्न ११ जनालाई सम्मान गरेका छन । प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको आज पोखरा सभागृहमा भएको उद्घाटन समारोहमा उनले नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन ।

सो अवसरमा हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार–२०७७ बाट सङ्गठनका पूर्वअध्यक्ष राजेन्द्र अर्याल र २०७८ बाट पूर्वअध्यक्ष गगन विष्ट सम्मानित भएका थिए । त्यस्तै संस्थाद्वारा सञ्चालित अग्निशिखा पत्रकारिता पुरस्कार–२०७७ बाट कृष्णविनोद लम्साल र ०७८ बाट राजनीतिक विश्लेषक तथा पत्रकार झलक सुवेदीलाई प्रदान गरियो ।

डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार–२०७७ र ०७८ बाट क्रमशः सागर पण्डित र हिरा परियार, वीरेन्द्र साह क्रियाशील पत्रकारिता पुरस्कार केपी गौतम र अनुप तिवारी, चन्द्र न्यौपाने शान्तिराम कार्की पत्रकारिता पुरस्कारबाट शान्ति गुरुङलाई सम्मान गरियो ।

 त्यस्तै पदमलक्ष्मी–सावित्री स्मृति पत्रकारिता पुरस्कारबाट अब्दुलाह मियाँ र शिवराज भट्टलाई प्रदान गरिएको महाधिवेशन मूल आयोजक समितिका संयोजक एवं प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष गणेश पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस