aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

शेयरबाट ३ हजार करोड कमाए पनि किन भए सिद्दार्थ गायब ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ साउन २०७६
शेयरबाट ३ हजार करोड कमाए पनि किन भए सिद्दार्थ गायब ?

भारत । भारतको चर्चित क्याफे कफी डे (सिसिड़ी) को मालिक बिजी सिद्दार्थ सोमबार एकाएक गायब भएपछी उनको कम्पनीको शेयरमा मंगलबार २० प्रतिशतले गिरावट आएको छ । अघिल्लो दिन भारु १९२ रुपयाँ ५५ पैसामा कारोबार रोकिएको यो कम्पनीको शेयर मूल्य मंगलबार बजार बन्द हुँदा १५४ रुपयाँ रहेको थियो । 

भारतका पूर्वमन्त्री एम एस कृष्णाका ज्वाई समेत रहेका सिद्दार्थ सोमबार साँझ बीच सडकमा गाडी रोकेर टहल्दै गायब भएका थिए ।  गएको मार्च महिनामा प्रति शेयर मूल्य ३१० रुपयाँ रहेकोमा त्यो केहिदिन यता १५० रुपयाँ घटेर धेरै तल आएको थियो ।  तर, उनीमाथि ७ हजार करोडको ऋण भार भने थियो । कतै उनि गायब हुनुमा यो आर्थिक समस्या तजिम्मेवार छैन भन्ने चर्चा भारतीय मिडियामा शुरु भएको छ।  

त्यसो त भारतका विभिन्न २४७ शहरमा जम्मा १७४८ वटा आउटलेट रहेको क्याफे कफी डेको मार्केट क्याप अहिले पनि ३२५४ करोडको छ । उनले हालै सूचना प्रविधि सम्बन्धि कम्पनि माइन्डट्रीको शेयर बिक्रि गरेर ३२६९ करोड रुपयाँ हात परेका थिए । उनले सो कम्पनीको शेयर आठ वर्ष अगाडी जम्मा ४१० करोडमा खरिद गरेका थिए । 

शेयर बजारबाटै आठ वर्षमा ३ हजार करोड भन्दा बढी आर्जन गरेका सिद्दार्थ आखिर बैंकको ऋण कै कारण आतिएर कुनै अप्रिय निर्णय त गर्न पुगेनन् भन्ने चिन्ता भारतीय कफी पारखी युवाबर्ग र पुर्व मन्त्रि एसएम कृष्णाको परिवारलाई परेको छ । भारतीय संचारमध्यमहरुको सहयोगमा  

प्रतिक्रिया दिनुहोस