भैरहवा । मुनलाइट आवासीय माध्यामिक विद्यालयले वनभोज तथा स्वागत कार्यक्रम गरेको छ । शनिबार बाउन्नकोटी जङ्लमा पुगरे वनभोज तथा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुलाई स्वागत गरेको हो । विश्वभर महामारिको रुपमा फैलिएको कोरोना भाइरसका कारण भौतिक कक्षा सञ्चालन गर्न कठिन भइरहेकोले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयले यतिबेला स्वागत गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा प्राचार्य राजेश राज जोशीले विद्यार्थीको अनुसान नै गहना भएको बताउँदै सबल र अब्बल शिक्षा मुनलाइटले दिँदै आएको बताए । अन्य विद्यालय भन्दा फरक ढङ्गबाट शिक्षा प्रदान गरि रहेको बेला पहिलो प्राथमिकतामा विद्यालयले अनुसासनलाई लिएको प्राचार्य जोसीले बताए ।
शैक्षिक सत्र सुरु हुनासाथ गरिने स्वागत कार्यक्रम यस वर्ष कोभिडको महामारीका कारण गर्न नसकेकोले अहिले वनभोज सहित स्वागत कार्यक्रम आयोजना गरिएको प्लस टु संयोजक टिकाराम भट्टराईले बताए । ‘हरेक वर्ष शैक्षिक क्यालेन्डर अनुसार पठनपाठन र अतिरिक्त कार्यक्रम गर्दै आएपनि यस वर्ष कोभिडका कारण ढिला हुन गएको हो’ भट्टराई भने ।
मुनलाइटका विद्यार्थीहरुले विगतमा जिल्ला हुँदै प्रदेशमा टप गर्न सफल भएको स्मरण गर्दै नियमितता र लगनशीलता विद्यार्थीमा भए यस वर्ष र आगामी वर्ष हरुमा पनि नेपालमै उत्कृष्ट नतीजा ल्याउन सकिने सञ्चालक समितिका सदस्य बिना भण्डारीले बताइन् ।
विद्यार्थीलाई शिक्षा प्रदान गर्न शिक्षकहरु जति बेला पनि तयार रहेको र शिक्षा सँगै अतिरिक्त क्रियाकलापमा विद्यालयले जोड दिएकोले विद्यार्थीको रोजाइमा मुनलाइट पर्ने गरेको शिक्षक भीमार्जुन पोखरेलले बताए । कार्यक्रम विद्यालयका सञ्चालक समिति सदस्य बिना भण्डारीको अध्यक्षता र केदारनाथ आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस