aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

आचारसंहितामा अघिल्ला वर्षभन्दा कडाइ गर्दै निर्वाचन आयोग

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • आइतबार, २९ फागुन २०७८
आचारसंहितामा अघिल्ला वर्षभन्दा कडाइ गर्दै निर्वाचन आयोग

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि धमाधम तयारी गरिरहेको निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा अघिल्ला वर्षभन्दा कडाइ गर्ने नीति लिएको छ ।

दललाई शुक्रबार स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सिलिङ’दयगत जानकारी दिएको आयोगले निर्वाचनमा हुने खर्च कम गर्न र निर्वाचनलाई भड्किलो बनाउनबाट रोक्न आचार संहितामा पनि कडाइ गर्ने नीति लिएको हो ।

आयोग स्रोतका अनुसार यसपटकको स्थानीय तह निर्वाचनमा दल तथा दलका उम्मेदवारले अघिल्ला निर्वाचनमा जस्तो पोस्टर पम्प्लेटमार्फत प्रचार प्रसार गर्न पाउने छैनन् । यस्तै कपडाबाट बन्ने टिसर्ट, ह्याट, झन्डाको प्रयोगमा पनि आयोगले कडाइ गर्नेगरी आचारसंहिता बनाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस